विराटनगर, जेठ १० गते । जिल्ला प्रहरी कार्यालय मोरङले लागू औषध विरुद्दको महाअभियान २०८३ कार्यक्रमको शुभारम्भ गरेको छ ।
जेठ १० गते बिहान लागू औषध विरुद्दको महाअभियानमा लागूऔषध दुव्र्यसन मुक्त समाज निर्माण गर्ने साझा उद्धेश्यका साथ लागूऔषध विरुद्दको सचेतना मुलक प्ले कार्ड सहित विराटनगरको महेन्द्र चोकबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, विभिन्न सरकारी कार्यालय, बिभिन्न संघ संस्था, संचारकर्मी, स्काउट, विद्यार्थी, युवा बर्ग सहितको प्रभातफेरी कार्यक्रमको प्रतिनिधि सभाका माननीय सांसद आशा झाले रिवन काटी शुभारम्भ गरेकी थिइन ।
प्रभातफेरी जलजला चोक, गोल्छामोड हुँदै रंगशालामा पुगी पहिलो चरणको कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रम दोश्रो चरणमा विराटनगर महानगरपालिका–४ स्थित होटल मनास्लु इनमा कोशी प्रदेशका माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पानसमा दिप प्रज्वलन गरेर बिधिवतरुपमा लागूऔषध विरुद्दको महाअभियान कार्यक्रमको शुभारम्भ भएको थियो ।
कार्यक्रममा अन्धकारबाट उज्यालोतर्फ शीर्षकमा नाटक सहित लागू औषध विरुद्द सचेतनामुलक सांगितिक प्रस्तुतिहरुका साथै पूर्व लागू औषध प्रयोगकर्ता कपिलदेव आचार्यको अनुभव सहितको बृतचित्र प्रस्तुत गरी लागूऔषध बिरुद्ध सवैले आ–आफ्नो क्षेत्रबाट सक्रिय सहभागिता जनाई लागू औषध मुक्त समाज निर्माण गर्न आह्वान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधनको क्रममा प्रमुख अतिथि माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लागू औषध दुव्र्यसन समाजका लागि गम्भिर समस्या बन्दै गएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सरकार, सुरक्षा निकाय, स्थानीय तह, अभिभावक तथा युवाहरुको सामुहिक प्रयास आवश्यक रहेको वताए । उहाँले जिल्ला प्रहरी कार्यालय मोरङद्वारा सञ्चालित लागूऔषध विरुद्धको महाअभियानले समाजमा सकारात्मक सन्देश तथा चेतना फैल्याई युवापुस्तालाई कुलतबाट जोगाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै यस्तो अभियानमा प्रदेश सरकारको निरन्तर साथ, सहयोग र प्रतिबद्धता रहने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रमलाई सम्बोधनको क्रममा नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सुरक्षित समाज र उज्ज्वल भविष्यको निम्ति जिल्ला प्रहरी कार्यालय मोरङले जिल्लालाई लागू औषधमुक्त जिल्ला बनाउन सवैको सहकार्यका साथ पुर्वको विराटनगरबाट सुरुवात गरेको महाअभियान लागूऔषध विरुद्ध सक्रिय हुँदै देशव्यापीरुपमा अघि बढ्न सफल हुने बताउनु भयो । वहाँले समाजलाई अन्धकार तर्फ धकेल्दै आएको लागू औषधको जालोलाई तोड्न शुभारम्भ गरीएको अभियानले नेपाली समाजका उर्जावान युवाहरुलाई सक्रियताका साथ अभियानमा लागी परेको देख्न पाईने अपेक्षा राख्नु भयो । क्षणिक रमाईलोकोलागी लागू औषधको कुलतमा फसेका युवाहरुलाई यस्ता प्रकारका अभियानहरुको शुरुवातले अनिवार्य उत्प्रेरणा मिल्ने बताउनु भयो । उहाँले लागू औषध नियन्त्रण केवल प्रहरीको मात्रै दायित्व नभई परिवार, विद्यालय, स्थानीय तह, सञ्चारमाध्यम तथा सम्पूर्ण समुदायको साझा जिम्मेवारी भएको बताउँदै सबै पक्षको सहकार्यबाट मात्रै स्वस्थ, सुरक्षित र समुन्नत समाज निर्माण सम्भव हुने बताउनु भयो ।
कार्यक्रममा कोशी प्रदेश सरकारका माननिय आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्र मणि पराजुली, प्रतिनिधी सभाका माननिय सांसद शन्तोष राजबंशी, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला, नेपाल सरकार गृह मन्त्रालय निति, योजना अनुगमन तथा मुल्याङकन महाशाखाका सह सचिब एंव लागू औषध नियन्त्रक सुमन घिमिरे, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सल्लाहकार लीलावल्भ घिमिरे,एबिसी नेपाल कोशी प्रदेश प्रमुख विष्णु शर्मा लगायतले लागूऔषध बिरुद्धको ऐक्यवद्दता सहितको मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले लागूऔषध बिरुद्ध सवैले ऐक्यवद्दताका साथ अगाडि बढ्नु पर्ने बताउदै प्रमुख अतिथि लगायत उपस्थित सबैमा धन्यवाद ज्ञापन सहितको मन्तव्य राख्नु भएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक कबित कटवालले महाअभियानको औचित्य, उदेश्य तथा मोरङ जिल्लामा लागू औषध दुब्र्यसनको वर्तमान अवस्था र चुनौतीबारेमा प्रस्तुतीकरण गर्नु भएको थियो ।
कोशी अस्पतालकी डाक्टर अजिता पौडेलले लागू औषध दुब्र्यसनका कारण मानव स्वास्थ्यमा पर्ने असरको बारेमा सचेतना प्रदान गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि, विशिष्ट अतिथि, बिशेष अतिथि लगायत अन्य महानुभावहरुले लागू औषध नियन्त्रणकालागी तयार गरीएको ९ बुँदे प्रतिबद्दता पत्रमा हस्ताक्षर गर्दै अभियानमा ऐक्यबद्धता जनाउनु भएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राई, कोशी प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्र प्रसाद पौडेल, मोरङ जिल्ला स्थित नगरपालिकाका प्रमुखहरु, गाउँपालिकाका प्रमुखहरु, पूर्वी पृतना हेड क्वाटर इटहरीका उपरथी, उच्च अदालत विराटनगरका माननीय न्यायाधिसहरु, प्रदेश स्तरिय सुरक्षा निकायका प्रमुखहरु, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, उद्योग वाणिज्य संघहरुका प्रमुख तथा प्रतिनिधी हरु, बैङ्क, वित्तिय संस्था, बिमा कम्पनीका प्रमुख तथा प्रतिनिधिहरु, सरकारी कार्यालय, संघ संस्था, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी, खेलाडी, नागरीक समाज, बुद्दिजिवी, लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]