विराटनगर, जेठ १९ गते । झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट लागू औषध सहित ७ जनालाई पक्राउ गरिएको छ ।
जेठ १८ गते चेकजाँचको क्रममा जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको प्रहरी टोलीले कचनकवल गाउँपालिका-६ स्थितबाट भारत किसनगंजका युबेद राजालाई ६९ ग्राम ६०० मिलिग्राम ब्राउन सुगर सहित र वडा प्रहरी कार्यालय भद्रपुरले कचनकवल गाउँपालिका-४ का हेमन्त विश्वकर्मालाई ५ ग्राम १२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको थियो ।
यसैगरी मोरङको धनपालथान गाउँपालिका-३ र रंगेली नगरपालिका-४ चोप्राहबाट इलाका प्रहरी कार्यालय रंगेली र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले रंगेली-१ का सुदिप भट्टराईलाई ३ ग्राम ब्राउन सुगर सहित, र उर्लाबारी -४ का अभिषेक कार्की, बेलवारी -२ का नविन निरौलालाई ७ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित र सुन्दरहरैचा नगरपालिका-७ का सुरज परियारलाई १३ ग्राम ८६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको थियो ।
चेकजाँचकै क्रममा सुनसरीको इलाका प्रहरी कार्यालय धरानले धरान-१७ का भोला राईलाई ३४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको थियो
पक्राउ परेका उपर सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भई रहेकाेछ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]