विराटनगर, अषाढ १७ गते । कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेन्टले मानव सम्वेदनशिलता नबुझी क्षयरोग निवारण संस्था मोरंगलाई जग्गा खाली गर्ने पत्र पठाएकोमा संस्थाका कार्वाहक अध्यक्ष भैरव क्षेत्रीले आपत्ती जनाएको छ ।
संस्थाको अगाडी आम नगरिकलाई ध्यानाकर्षन हुने उदेश्यले पत्रकार सम्मेलन गरी मानव सेवामा समर्पित, क्षयरोगलाई विनारण गर्न उदेश् बोकी काम गर्दै आएको सस्थालाई अषाढ ५ गते १५ दिने सूचना प्रशासन गरी जग्गा खाली गरी दिन गरिएको परिपत्र मानव सम्वेदनशीलतालाई नबुझी गरीएको परिपत्र आपत्ती जनक रहेको अध्यक्ष क्षेत्रीले वताए ।
संस्थापक अध्यक्ष स्व. मातृका प्रसाद कोईरालाले २०१६ सालमा स्थापना गरेको नेपाल क्षयरोग निवारण संस्था अहिले सुकुम्बासी भएको भन्दै पहिले कोशी अस्पतालले नै संस्थालाई भाडा तिरी रहेको थियो । अहिले त्यही संस्थालाई जग्गा खाली गर्न अलटिमेटम आएको वहाँको भनाई छ ।
उक्त जग्गा सम्वन्धि विवादमा उच्च अदालत विराटनगरले मानवीय सेवा प्रदान गर्ने नेपाल क्षयरोग संस्थालाई अन्यत्र व्यवस्थापन गरी मात्र खाली गर्नु गराउनु निर्देशनात्म आदेश दिएकोमा हामीले तीनै तहको सरकारलाई घचघचाएका छौं तर हाम्रो अवाज सुनेका छैन । नेपाल क्षयरोग संस्थालाई व्यवस्थापन गरी दिए हामी छोडेर जान तयार छौ अध्यक्ष क्षेत्रीको भनाईछ ।
मानवीय सेवाको हिसावले पनि संस्थामा उपचार गराई रहेका विरामीहरुलाई कि त कोशी अस्पतालले जिम्मा लिनु प¥यो कि त व्यवस्थापन गरी दिन माग गर्दै क्षयरोग संस्थालाई वचाउन नागरिक समाज, बुद्धिजीवी, पत्रकारहरुलाई संस्थाले आग्रह गरेको छ ।
अस्पतालको नाममा ५ बिघा ८ कठ्ठा ९ धुर जग्गा छ । जसमध्ये अस्पतालको दक्षिण खण्डमा नेपाल क्षयरोग निवारण संस्था, नेपाल रेडक्रस सोसाइटी, देवकोटा पुस्तकालय र गणेश मन्दिर निर्माण गरिएको छ । क्षयरोग निवारण संस्थाले करिब ११ कट्ठा जग्गा भोग चलन गर्दे आएकोमा २ कट्ठा ११ धुर जग्गामा गणेश मन्दिर निर्माण भएको छ भने केही जग्गा अस्पताललाई संस्थावाट उपलब्ध गराएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]