

विराटनगर, श्रावण १२ गते । सुनसरीकाे देवानगंजमा भएकाे घटनामा मृत्युु भएका आेम प्रकाश मेहतालाई धार्मिक सहिद घाेषणा गर्न नेपाल कुशवाह कल्याण समनजले माग गरेका छन् ।
माेरंगका प्रमुख जिल्ला अधिकारी मार्फत सम्माननीय प्रधानमन्त्री तथा मन्त्री परिषद्काे कार्यालयलाई ज्ञापनपत्र बुझाउदै साे माग गरेकाे हाे ।
सुनसरी जिल्लाको देवानगंज-३ मा भएको घटनाकाे निष्पक्ष छानविन गरी दोषी उपर कार्यवाही गर्न समेत माग गरेकाे छ ।
श्रावण १० गते राती सुनसरी जिल्लाको देवानगंज गाउपालिका-३ (साविक कप्तानगंज गाविस वडा नं. ४) शंकरपुर टोलमा दुई समुदाय बीच भएकाे विवादकाे कारण गोली प्रहारबाट १३ जना स्थानीय र ८ जना प्रहरीहरु घाईते भएको र उपचार गर्न लिएर जाने क्रममा किसुन देव मेहताकाे छाेरा अन्दाजी २२ वर्षको ओम प्रकाश मेहताको दुखद निधन भएको थियो ।
दिवंगत मेहता प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घटनामा घाइते भएको सवैलाई स्वास्थ्य लाभको समाजले कामना गरेकाेछ ।
मृतकलाई धार्मिक सहिद घाेषणाकाे मागसंगै
सत्य तथ्य घटनाको छानविन गरी दोषी उपर निष्पक्ष र कडा कार्यवाही गर्न, दोषीहरूलाई उम्कन नदिई कार्यवाहीको प्रक्रिया अगाडी वढाउन, घाइतेहरुको निःशुल्क उपचार खर्चको व्यवस्था गर्न
मृतक परिवारलाई उचित क्षतिपूति, राहत र न्याय प्रदान गर्न, घटनाको क्रममा विजुलीको लाइन करिव १ घण्टा काटिएको कारण के हो ? त्यसकाे पनि छानबिन गर्न लगायतको नेपाल सरकारसँग समाजले जाेडदर माग गरेका छन ।


क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]