पदमकुमार सरदार
विराटनगर, बैशाख २३ गते । नेपाल बाँतर सरदार समाज कल्याणकारणीका केन्द्रीय सभापति मोहनलाल सरदारले बातँर सामुदायिको संस्कृतिक भवन र केन्द्रीय भवनको उद्घाटन गर्नुभएकाे छ।
मोरङको कटहरी–५ मोधह्रामा १ कडोर ५० लाख रुपैयाँ लागतमा निर्मित बाँतर जातीको संस्कृतिक भवन र केन्द्रीय भवनको बैशाख २२ गते मंगलबार विधिवत रुपमा केन्द्रीय सभापति सरदारले उद्घाटन गरेकाे हाे ।
केन्द्रीय भवन निर्माण गर्न संविधान सभाकी सभासदस्य कबिता सरदारले १० लाख, प्रतिनिधि सभासदस्य अमन मोदीले सांसद कोषबाट केन्द्रीय भवन निर्माण गर्न २८ लाख रुपैयाँ दिएको थियाे ।
बाँतर जातिको सांस्कृतिक भवनका लागि पूर्व समान्य प्रशासन मन्त्री लालबाबु पण्डीतले १ करोड रुपैयाँ दिएको थियो
सभापति सरदारले भने २०५३ सालदोखि नियमित प्रयासपछि दुईवटा भवन निर्माण गर्न सफल भएको बताए । सांस्कृतिका भवनमा एउटा हल छ भने १२/१२ को दुईवटा कोठा रहेको छ ।
त्यस्तै नेपाल बाँतर सरदार समाज कल्याणकारणी केन्द्रीय भवनमा पनि एउटा हल, र १२/१२ को दुईवटा कोठा रहेको ६ । कार्यक्रममा नव निर्वाचित मोरङ जिल्ला सभापति अनिल सरदार, युवा सभापति बिनोद सरदारलगायतका कार्यसमितिका पदाधिकारीहरुलाई प्रमाण–पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा केन्द्रीय सल्लाहाकार पन्नालाल सरदार, पृथ्वीलाल सरदार, केन्द्रीय सचिव शुभाष सरदार, केन्द्रीय पूर्वसचिव जोखन सरदार,मोरङका पूर्वसभापति जयप्रकास सरदार, केन्द्रीय सदस्य कैलास सरदार, सोनेलाल सरदार लगाायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]