विराटनगर, जेठ २४ गते । समाचार लेखन तथा पत्रकार आचार संहिता सम्बन्धी तीन दिने तालिम सुरू भएकाे छ ।
तालिम उद्घाटन सत्रका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले फूलकाे गमलामा पानी हालेर उद्घाटन गर्दै भने पत्रकारिता सत्य–तथ्यमा आधारित रिपोर्टिङ गर्नुपर्नेमा जोड दिँदै गलत सूचना फैलिन नदिन सबै पत्रकार जिम्मेवार बन्नुपर्ने सुझाव दिए।
त्यसैगरी, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य कमल रिमालले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णयको विरोधमा जेठ २५ गते देखि सडक आन्दोलन गर्ने जानकारी दिँदै सहभागी पत्रकारहरूलाई वातावरण सम्बन्धी विषयमा विशेष ध्यान दिएर समाचार लेख्न आग्रह गरे।
त्यस्तै, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष सुशीला पाठकले सत्य–तथ्य पत्रकारिताले मात्रै पत्रकारलाई सुरक्षित र जिम्मेवार बनाउने बताइन्।


नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारीले स्वागत मन्तव्य राख्दै पत्रकारितामा देखिएको अलमललाई यस्ता तालिमले स्पष्टता दिने विश्वास व्यक्त गरे।
तालिम उद्घाटन सत्रका अध्यक्ष एवम् नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले भने नयाँ पत्रकारहरूमा आचार संहिता पालनामा कमजोरी देखिएकाले यस्ता तालिम आवश्यक रहेको बताए। “कलमले नै देशलाई अगाडि बढाउँछ, त्यसैले पत्रकारिता जिम्मेवार र आचारसंहिता अनुसार हुनुपर्छ,” उनले भने।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का को अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले नयाँ पत्रकारहरूमा आचार संहिता पालनामा कमजोरी देखिएकाले यस्ता तालिम आवश्यक रहेको बताए। “कलमले नै देश अगाडि बढाउँछ, त्यसैले पत्रकारिता जिम्मेवार र आचारसंहिता अनुसार हुनुपर्छ,” उनले भने।
तालिममा सहभागी नयाँ पत्रकारहरूलाई आचार संहिता, समाचार लेखन शैली तथा जिम्मेवार पत्रकारिताबारे विभिन्न सत्रमार्फत यज्ञ शर्माले प्रशिक्षण दिइ रहेकाेछ ।
उक्त तालिम जेठ २४ गतेसम्म सञ्चालन हुने तालिम विराटनगर महानगरपालिकाकाे सहकार्य र नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिकाे आयाेजनामा भईरहेकाेछ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]