विराटनगर, फाल्गुन १८ गते । विराटनगरको साथ फुटवलको विकास भन्ने मुल नाराका साथ भोली देखि रात्रीकालीन रमपम विराट गोल्डकप फुटवल प्रतियोगिता कोशी प्रदेशको राजधानी विराटनगरको शहिद रंगशालामा शुरु हुँदैछ ।
रमपम विराट गोल्डकप फुटबल प्रतियोगिता २०८१” को नवौं संस्करणकोे संघारमा पत्रकार सम्मेलनका गरी फाल्गुन १९ गतेदेखि २८ गते सम्म प्रतियोगिता संचालन हुने रमपम विराट गोल्डकप फुटवल प्रतियोगिता २०८१ क संयोजक नविन रिजालले वताए ।
प्रतियोगितामा १० वटा फुटवल टिमहरु भग लिने छ । जसमा भारतवाट २ वटा टीम र नेपालवाट विभागिय टिम सहित ८ टिमहरु सहभागी हुने छ । प्रतियोगिताको विजेतालाई नगद ११ लाख, उपविजेतालाई ५ लाख, उत्कृष्ट प्रशिक्षकलाई नगद १५ हजार, उत्कृष्ट गोलरक्षकलाई नगद १५ हजार, सर्वाधिक गोलकर्तालाई नगद १५ हजार, दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार र सर्वोकृष्ट खेलाडीलाई नगद ५१ हजार पुरस्कार दिने निर्णय भएको संयोजक रिजालले जानकारी गराए ।
“रमपम विराट गोल्डकप फुटबल प्रतियोगिता २०८१” संचालनका लागि कूल अनुमानित खर्च १ करोड ३५ लाख लाग्ने अनुमान गरको छ । प्रतियोगितालाई सभ्य र भव्य बनाउदै दर्शकहरुको आकर्षण बढाउन दैनिक प्रतियोगिता हुनु भन्दा अगाडीदेखि राष्ट्रिय स्तरका कलाकारवाट सास्कृतीक कार्यक्रम हुने भएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]