विराटनगर, बैशाख २९ गते । काेशी प्रदेशकाे राजधानी विराटनगरलाई कार्य क्षेत्र बनाई संचालनमा रहेकाे खबर पुर्वाञ्चल अनलाईन पत्रिका १० आै वार्षिकोत्सब भव्य रूपमा मनाएका छन् ।
कार्यक्रमका प्रमुख अतिथी काेशी प्रदेशका सभा सदस्य जय प्रकाश चाैधरीले १० आैं वार्षिकोत्सबका सफलताकाे कामना गर्दै भने प्रदेश संरचनाकाे बारेमा समाजमा विभिन्न टिकाटीप्पणी भईरहेकाे वेला देशकाे चाैथाे अंग पत्रकारहरूले समेत सामुहिक रूपमा सुझाव दिए त्यसलाई सदनमा उठाउने वताए ।
त्यसैगरी उद्योगी नविन रिजाल, एभरेष्ट स्कुलका प्रिन्सिपल टिका पुरी लगायतले शुभकामना दिदै देशकाे वर्तमान अवस्थाको बारेमा चर्चा गरेका थिए ।
संचालक तथा प्रवन्ध निर्देशक पुष्प राज थपलियाले प्रमुख अतिथि, अतिथि र संघ संगठनका अध्यक्षहरूलाई मायाकाे चिनाे प्रदान गरेका थिए ।
कार्यक्रम खबर पूर्वाञ्चल अनलाइन पत्रिकाका सम्पादक डिल्ली पाेखरेलकाे अध्यक्षतामा सम्पन्न भएकाे थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]