राम शर्मा/रंगेली, फाल्गुन १८ गते । महिलाहरूको हकहितका लागि काम गरि रहेका अनुपम अभियान यात्रा रंगेलीमा आईपुगेकाे छ ।
८४ मा महिला पहिला, भ्रष्टाचारप्रति शून्य सहनशीलता, महिलावादीको आढ: माया, करुणा र साहस जस्तो स्लोगन र उद्देश्य सहित अन्तर–पुस्ता महिलावादी मञ्चको नेतृत्व सुरु भएको अनुपम अभियान यात्रा रङ्गेली सम्म आई पुगेको हाे ।
राङ्गेलीमा यो अभियानलाई गृह श्रमिक महिला समाज नेपालले अग्रसरतामा चलिरहेकाे छ । शनिवार पब्लिक माध्यमिक विद्यालयबाट सांस्कृतिक पहिरन, पञ्चे बाजा सहित रङ्गेली बजारको परिक्रमा गर्दै रङ्गेली कार्यपालिकाको प्राङ्गणमा पुगेर सभाका परिनत भएकाे थियाे ।
उक्त सभामा देश भरीका महिलाहरूकाे हकहित र अधिकारको लागि हरेक तह बाट अग्रसरता हुनुपर्छ भन्दै आउने समयमा देशको हरे क्षेत्रमा महिलाले नै पहिला जिम्मेदारी सम्भाल्नुपर्छ भन्ने विचार वक्ताहरूले राखेका थिए ।
सभाकाे प्रमुख अतिथि आइजिएफएफ केन्दबाट आएकी शरु जोशि श्रेष्ठ विशीष्ट अतिथि प्राडा सुजिता प्याकुरेल रहेका थिए । नगरपालिकाका भित्र रहेका संघ संस्थाहरुको सहभागिता राहेकोरङ्गेली वडा नं. ६ का वडाध्यक्ष सुजितकुमार मण्डल लगागत जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवीहरूकाे उपस्थित रहेकाे थियो । त्यसै गरी विभिन्न सांगीतिक प्रस्तुतिहरु उसा कुवर, अमृता राई, कबिता नेपालको रहेको थियो । अनुपम अभियानमा नेपाली टोल महिला समूह, सकाउट, वसस्टेन आमा समूहहरू, नागरिक समाज पेशाकर्मीहरूकाे सहभागीता समेत रहेकाे थियो । कार्यक्रम सञ्चालन अन्तरपुस्ता महिलावादी मञ्चकी सदस्य कमला न्यौपानेले गरेका थिए । नगरभित्र महिलाहरूको हकहित र उत्थानका लागि रङ्गेली नगरपालिका भित्र भएका कामहरू प्रशंसा योग्य रहेको छ । नगरकै सहयोगमा रहेको कोसेली घर, महिला स्वरोजगार कार्यक्रमहरू चलि रहेकाे गृहश्रमिक महिला समाज नेपाल अध्यक्ष शान्ता श्रेष्ठले वताए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]