विराटनगर, फाल्गुनण २१ गते । नेपल घरेलु तथा साना उद्योग महासंघ महिला उद्धम समिति मोरंगद्वारा ११५ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सरोकारवाल सँग महिला उद्यमी सम्बन्धि एक दिने गोष्ठी सम्पन्न गरेको छ ।
गोष्ठीका प्रमुख अतिथी उद्योग, कृषि तथा सहकारी मन्त्रालय सहायक अधिकृत (उद्योग शाखा ) चुडामणि नेउपानेले गोष्ठीको समुद्घाटन गर्दै गोष्ठीको सहजीकरण समेत गरेका थिए । वहांले उद्योग सम्बन्धि ऐन कानुनमा रहेको नीति, नियम, दर्ता प्रक्रिया, जरीवाना, खारेजी, उद्योग बन्द गर्ने प्रक्रिया सम्बन्धमा सरोकारवाला सँग महिला उद्यमी सम्बन्धि क्रियाकलापहरुको वारेमा जानकारी गराएका थिए ।
उक्त अवसरमा नेपल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष चेतन निरौलाले ११५ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा प्रत्येक वर्ष चनचेतना मुलक कार्यक्रम अन्तर्गत यस पटक सरोकारवाला सँग महिला उद्यमी वीच छलफल र उद्योग सम्वन्धि कानुनमा भएका व्यवस्थाहरुको वारेमा महिला दिदी बहिनीहरुलाई जानकारी होस भन्ने उदेश्यले गोष्ठी संचालन गरीएको वताए ।
करीव ४ दर्जन सहभागी रहको गोष्ठीको लागि विराटनगर महानगरपालिकाले सहयोग गरेको भन्दै महिला उद्धम समिति मोरंगका अध्यक्ष एवम् गोष्ठी संयोजक अम्बिका भण्डारीले वताईन । उद्योग सम्बन्धि ऐन कानुनमा रहेको नीति नियम बारे सबै महिला उद्यमीले जानकारी पाउन भन्ने उदेश्य गोष्ठी आयोजना गरेको अध्यक्ष भण्डारीले वताईन ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]