विराटनगर, जेष्ठ १ गते । सिटी हस्पिटलको संचालक डाक्टर सितल यादवले आफ्नो भागमा रहेको जग्गा भोग चलन गर्न नदिएको आरोप बुहारी डाक्टर निता यादवले लगाएकी छिन ।
डाक्टर निता यादवले विराटनगरमा पत्रकार सम्मेलन गरी श्रीमानबाट अंशपाएको जग्गा मैले भोगचलन गर्न नपाएको तथा डाक्टर ससुरा सितल यादव र देवर डा. सुनिल यादव र सासु आमा परिनिता यादवल मानसिक तनाव तथा धाक धम्की दिई पिडित वनाएको आरोप लगाएकी छिन् ।
माईती भोक्राहा नरसिह गाउँपालिका–३ किसान परिवारकी डाक्टर निता यादवको २०६८ सालमा एमबिबिएस पढदापढ्दै विराटनगर–२ का डाक्टर सितल यादवको जेठो छोरा डा. सुशिल यादव संग भएको थियो । दुर्भाग्य वस मेरो श्रीमानको २०८१ साल जेठ ३१ गते मृत्यु भएको वहाँ सिजोफेनिया नामक मानसिक समस्याबाट ग्रसित हुनुहुन्थ्या डा. निता यादवले वताईन ।
डा.सुशिल यादव लोमो समय देखि विरामीबाट ग्रस्त रहेपनि वहाँका परिवारले झ्क्याएर म सँग विवाह गराइ दिए । विवाह पछि सो रहस्य खेलेपछि म र मेरी सासु आमा परनिता यादव वीच खटपट सुरु भयो । केही दिन मेरो श्रीमान र श्रीमानको परिवारले म माथि ज्यादती सुरु गरेको डा. निता यादवको भनाई छ ।
मेरा ससुरा डा.सितल यादवले मेरो श्रीमानलाई के कुन कारणले २०५८ भदौ २४ गते नै अंश छुट्टयाई दिएको थियो । मेरो श्रीमानको भागमा बढीगंगा गाउँपालिकाको वडा नं. १ र ३ मा विभिन्न ६ वटा कित्तामा गरी ४ बिगहा भन्दा वढी जग्गा अंश दिईएको थियो ।
मैले २०७९ भदौ २ गते मेरो श्रीमान माथि सुनसरी जिल्ला अदालतमा अंश पांउ भन्ने मुद्धा दर्ता गराएका थिए । उक्त मुद्धामा अदालतले २०८० बैशाख ७ गते श्रीमानको आधा अंश मलाई दिने फैसला भएको थियो । सो फैसला उपर मेरो ससुराले उच्च अदालतमा पुनरावेदन गरेका थिए । तर उच्च अदालतवाट उच्च अदालतको सो मुद्धाको फैसला समेत २०८१ श्रावन १६ मेरो पक्षमा आएको डा. निताले वताईन ।
फैसला आउनु अघि नै मेरो श्रीमानको मृत्यू भईसकेकाले अदालतले मेरो श्रीमानको नाममा भएको जग्गा सशिम मेरो नाममा नामसारी गर्ने फैसला गरिदिए । फैसला मेरो पक्षमा आईसकेपनि मेरा सुसुरा डा. सितल यादव र देवर सुनिल यादवले जग्गा मेरो नाममा आउन नदिन अनेक प्रपंच रचदै आई मलाइ पिडित वनाएको आरोप डा. निता यादवले लगाईन ।
मैले आफ्नो जग्गामा खेती मज्दुर बस्ने टहरा बनाउने कल धारा र बिजुली बत्ती जडान गर्नेगरि टंकीसिनवारीमा रहेको जग्गा स्थलमा गएकी थिए । तर ससुरा र देवरको प्रभावले बुढीगंगा गाउँपालिकाका कर्मचारीले जग्गा विवादित रहेको भन्दै मलाई कुनैपनि कार्य गर्न नदिईरहेको आरोप समेत निता यादवले लगाएकी छिन् ।
डाक्टर सितल यादवको विराटनगरमा सिटी हस्पिटल, विराट नर्सिङ्ग होम अगाडी २ वटा घर ७ वटा सटर, विराटनगरमा ५ कट्टा ९ धुर जग्गा, पिपल चौक कन्चनवारीमा १९ धर जग्गा, तिनपैनीमा २ कट्ठा जग्गा बस्ने घर र टंकीमा १२ विगहा ७ धुर जग्गा र १ वटा घर रहेको छ ।
ससुरा डा. सितल यादवसंग करौडौको सम्पतिमा मैले अंश खोजेको होइन मेरो श्रीमानलाई के कुन परिवन्धमा अंशवण्डा गरी दिएर मेरो श्रीमानको भागरमा पारेको ४ विगहा जग्गामात्र खोजेको हो त्यो पनि हकभोग गर्न नदिई मानसिक तनाव दिएकोले न्याय पाउन पत्रकार सम्मेलन गरको डा. निता यादवले वताइन ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]