विराटनगर, जेष्ठ ५ गते । नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेश समितिले प्रदेशमा सरुवा भएर आउनुभएका कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) ईश्वर कार्की र नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय विराटनगरका निर्देशक राजीव सिंहलाई स्वागत गरेको छ।
सीएनआई कोशीले विराटनगर स्थित सचिवालयमा स्वागत कार्यक्रम गर्दै डिआइजी कार्की र निर्देशक सिंहलाई स्वागत गरेको हो ।
स्वागत कार्यक्रममा बोल्दै सीएनआई कोशीका अध्यक्ष पवन कुमार सारडाले डिआइजी कार्कीलाई सीमा-नाकामा कडाई तथा अवैध कारोबार निरुत्साहित गर्ने गरि कार्य गर्न सुझाव दिनुभएको थियो। सारडाले कोशी पर्यटनमा सम्भावना भएको प्रदेश भएकोले भारतबाट आउने पर्यटकहरूलाई सहजीकरण गर्न समेत प्रहरीले भूमिका खेल्नु पर्ने धारणा व्यक्त गर्नु भएको थियो।
कार्यक्रममा सीएनआईका केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले डिआइजी कार्की र निर्देशक सिंहलाई राजनीतिक दबाब र प्रभावबाट मुक्त भएर विचलित नभई कार्य गर्न अनुरोध गर्नुभएको थियो।
त्यस्तै, डिआइजी कार्कीले प्रदेशमा सबै क्षेत्रको सल्लाह-सुझाव अनुसार अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो। कार्कीले पर्यटकका सहजीकरणका प्रहरीले प्रदेशका ७ पर्यटकीय गन्तव्यमा हेल्प डेस्क खडा गरेर काम गरिरहेको जानकारी दिनु भएको थियो।
निर्देशक सिंहले विद्युत विकासशील गतिवधिहरूका अत्यावश्यक रहेकोले प्रदेशका उद्योगी तथा व्यवसायीहरूलाई केही समस्या परेमा आफू र मातहतको कार्यालयले तत्काल समस्या समाधान गर्ने बताउनु भएको थियो।
स्वागत कार्यक्रममा सीएनआई कोशीका प्रमुख सल्लाहकार महेश जाजु, वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा लगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले दुवै अधिकारीलाई सफल र सुखद कार्यकालको शुभकामना व्यक्त गरेको सीएनआई कोशीका महानिर्देशक विजयहरि शर्माले जानकारी दिनु भयो।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]