मोटरसाईकल चोरी गर्ने ४ जना पक्राउ

विराटनगर, पौष ७ गते । मोटर साईकल चारी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ४ स्थित नोवेल अस्पतालको परिसरमा पार्किङ गरी राखिएको चुडामणी कार्कीको नाममा रहेको को ३९ प २४४२ नम्बरको मोटरसाईकल चोरी भएको पौष ६ गते रविन्द्र खत्रीले जिल्ला प्रहरी कार्यालय मोरङमा लिखित निवेदन दिएको हुँदा […]

प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ

सुनसरी, पौष ६ गते । सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका वडा नं. ४ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा भोक्राहा नरसिङ गाउँपालिका वडा नं.३ का ३६ बर्षीय महेन्द्र यादव र कोशी गाँउपालिका वडा नं.२ का ३७ बर्षीय सुरज राम रहेका छन । विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको […]

लागुऔषध सहित एक जना पक्राउ

विराटनगर, पौष ५ गते । मोरङको बिराटनगर महानगरपालिका वडा नं. १५ बाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको सुन्दरहरैचा नगरपालिकाका वडा नं. १९ बर्षीय रिजन राईलाई लागुऔषध सहित पक्राउ गरेको हो । राईको साथबाट प्रहरीले डाईजेलेब ९ एमपुल, ऐभिल ६ ऐम्पुल, लुपेजेसिक १० एम्पुल […]

अंशबण्डाको बिषयमा झगडा हुँदा १ जनाको मृत्यु

तेह्रथुम, पौष ५ गते । तेह्रथुमको म्याङलुङ नगरपालिका वडा नं. ८ कोबेकमा अंशबण्डाको बिषयमा बादबिबादमा एक जनाको मृत्यु भएको छ । घर जग्गाको विषयमा झै–झगडा भई कुटपिट समेत हुँदा १ जनाको मृत्यु भएको छ भने हत्याको आरोपमा १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा स्थानीय ३५ बर्षीय कुमार लिम्बु रहेका छन् । शुक्रवार […]

अवैध रूपमा भन्सार छली गरी ल्याएको बोईलर कुखुरा बरामद

विराटनगर, पौष ४ गते । अबैध रुपमा भारतवाट ल्याएका बोइलर कुखुराहरु प्रहरीले बरामद गरेको छ । जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १४ जतुवा नहर नजिक देश भारत जिल्ला अररिया वडा नं. १६ बस्ने बर्ष २४ को मो.आतिवलाई अन्दाजी ९० केजी काटेको बोईलर कुखुरा भारतको जोवनीबाट नेपालतर्फ ल्याई रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । […]

ट्याक्टरको ठक्करबाट मृत्यु भएका बालकको शव परालको थुप्रोमा

सप्तरी, पुस ३ गते । ट्याक्टरको ठक्करले मृत्यु भएका बालकको शव परालको थुप्रोमा लुकाएको अवस्थामा फेला परेको छ । भएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ३ सकरपुराका ६ बर्षीय बालक आनन्द मुखिया बिहीबार दिउँसोदेखि बेपत्ता भएको थियो । वेपत्ता भएको मुखियाको शव परालको थुप्रोमा फेला परेको प्रहरीले जनाएको छ । घरबाहिर खेल्न निस्केका स्थानीय […]

अवैध लागु औषध गाँजा सहित ४ जना र हिरोईन सहित ३ जना पक्राउ

विराटनगर, पौष २ गते । अबैद्ध लागु औषध गाँजा सहित ४ जना र हिरोईन सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने मानिसहरू जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ५ बिशाल चोक बस्ने वर्ष ४० को रुपेश साह, वर्ष २५ को विनेश खवास, वर्ष २२ को सुमित सुमित साह, वर्ष २१ को सागर […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]