महाअभियान अन्तर्गत लागू औषधसहित १२ जना पक्राउ

विराटनगर, अषाढ ४ गते । कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत औषधसहित १२ जनालाई प्रहरीले पक्राउ गरेका छन् । चेकजाँचको क्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर नगरपालिका–१४ का २३ वर्षीय गोपाल मलाहालाई ३ ग्राम २०० मिलिग्राम ब्राउन सुगर सहित, वडा प्रहरी कार्यालय भद्रपुर झापाले […]

प्रतिवन्धित लागू औषध सहित २२ जना पक्राउ

विराटनगर, अषाढ २ गते । कोशी प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयहरुबाट परिचालन भएको प्रहरी टोलीले लागूऔषधमा संलग्न २२ जनालाई पक्राउ गरेका छन् । कोशी प्रदेश प्रहरीको लागू औषध विरुद्धको महाअभियान अन्तरगत लागू औषध मुक्त समाज निर्माण गर्ने उद्धेश्यका साथ लागू औषधमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन तथा मनोपरामर्स, जनचेतना प्रदान गर्ने […]

भरुवा बन्दुक सहित १ जना नियन्त्रणमा

विराटनगर, जेठ ३० गते । संखुवासभाको पाँचखपन नगरपालिका-६ मगरटोल स्थितबाट भरुवा बन्दुक सहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जेठ २९ गते गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरी टोलीले पाँचखपन नगरपालिका-६ निवासी ३५ वर्षीय विनय मगरको घर छेउमा रहेको कागतीको झाडीमा लुकाईछिपाई राखेको अवस्थामा १ थान लोड गरिएको भरुवा बन्दुक बरामद […]

मोरङ र सुनसरीबाट लागू औषध सहित ७ पक्राउ

विराटनगर, जेठ १९ गते । झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट लागू औषध सहित ७ जनालाई पक्राउ गरिएको छ । जेठ १८ गते चेकजाँचको क्रममा जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको प्रहरी टोलीले कचनकवल गाउँपालिका-६ स्थितबाट भारत किसनगंजका युबेद राजालाई ६९ ग्राम ६०० मिलिग्राम ब्राउन सुगर सहित र वडा प्रहरी […]

झापा र सुनसरीबाट लागू औषध सहित ६ जना पक्राउ

विराटनगर, बैशाख १४ गते । झापा र सुनसरीबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख १३ गते झापाको भद्रपुर नगरपालिका–५ को दुई छुट्टा छुट्टै स्थानबाट बिशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले ७ ग्राम १५० मिलिग्राम ब्राउन सुगर सहित बेचबिखानमा संलग्न सोही स्थानकी बिबिसा चापागाई, भद्रपुर–९ का दिपक […]

भन्सार छलीका ७ लाखकाे अवैध लत्ता कपाडाहरु बरामद

विराटनगर, चैत ३ गते । भन्सार छलीका ७ लाखकाे अवैध लत्ता कपाडाहरु पेहरीले वरामद गरेका छन् । जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.६ सरोचिया स्थित मुरी मण्डलको घरको आगनमा भन्सार छली पैठारी गरि ल्याईएका सामानहरु लुकाई छिपाई राखिएको अवस्थामा बरामद गरेकाे हाे । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, मोरङबाट प्रहरी टोली खटिई गई चेकजाँच […]

निर्वाचन बहिष्कार गर्ने ने.क.पा.बहुमतको मोरङ इन्चार्ज र सचिव पक्राउ

विराटनगर, फागुन २० गते । निर्वाचन बहिष्कार गर्ने नेपाल कम्युनिष्ट पार्टी बहुमतको मोरङ जिल्ला इन्चार्ज र सचिवलाई प्रहरीले पक्राउ गरेकाेछ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं. १० बस्ने बर्ष ५६ को कृष्ण प्रसाद चम्लागाई, मोरङ जिल्ला ईन्चार्ज र झापा जिल्ला दमक नगरपालिका-५ बस्ने बर्ष ३७ को सुमन पौडेल, मोरङ जिल्ला सचिव पक्राउ परेका […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]