चोरी भएको र हराएको मोबाईल सम्वन्धीत धनीकै हातमा

विराटनगर, असोज २९ गते । विभिन्न व्यक्तिहरुको चोरी भएको र हराएको मोबाईलहरु खोजतलास गरी सम्बन्धीत धनीलाई नै बुझाउने काम भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको सभाहलमा विभिन्न ब्यक्तिहरूको विभिन्न समयमा हराएको तथा चोरी भएको मोवायल खोजतलासको क्रममा फेला पारीएको ५१ वटा मोवयलहरु फेला पारी सम्बन्धित ब्यक्तिलाई बुझाएको प्रहरीले जनाएको छ । यस भन्दा अघि […]

नोबेलद्धारा गाउँ–गाउँमा पुगेर स्वाब संकलन गर्ने व्यवस्था

बिराटनगर, असोज २६ गते । बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालले कोरोना परीक्षणका लागि गाउँ–गाउँमा पुगेर स्वाब संकलन गर्ने भएको छ । अस्पतालमा आउँनेहरुको मात्र स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दै आएको नोबेलले अब सरकारी मापदण्ड अपनाउँदै गाउँँ–गाउँमा पुगेर पनि स्वाब लिने व्यवस्था मिलाएको हो । अस्पतालमा धेरै मान्छे भेला भएर स्वाब दिँदा संक्रमण फैलने सम्भावना बढी […]

संघीय राजधानी सबैभन्दा जोखिमपूर्ण

उपेन्द्र अर्याल काठमाडौं असोज २६ गते : नेपालमा कोरोना भाइरस तीव्र गतिमा फैलिरहेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार ५२ जिल्ला ‘रेड जोन’मा छन्। काठमाडौंमा सबैभन्दा बढी संक्रमित छन् । दुई सयभन्दा बढी संक्रमित भएका जिल्लालाई रेड जोनमा राखिएको छ। महाशाखा प्रमुख डा. वासुदेव पाण्डेका अनुसार पाँच सयभन्दा बढी संक्रमित भएका जिल्लालाई प्राथमिकता दिएर […]

सस्तो मुल्यमा राम्रो ‘न्यू रेडी गो’ कार बजारमा

विराटनगर, असोज २५ गते । कोरोनाको महामारीको वीचमा सस्तो मुल्यमा राम्रो ‘न्यू रेडी गो कार’ विराटनगरमा लन्च भएको छ । विराटनगरको बरगाछीस्थित पायोनियर मोटोकर्प प्रालिले एक कार्यक्रम आयोजना गरि १.० लिटर नयाँ कार सार्वजनिक गरेको छ । जापानीज इन्जिन भएको सो कार ग्राहकहरुले बढी पावर र आरमदायी अनुभुति गर्छ । मुख्यतया ः रेडी गो कारमा […]

मोबाईल चोरी मुद्दाका फरार प्रतिवादी महतो पक्राउ

विराटनगर, आसोज २२ गते । विराटनगर महानगर पालिका वडा नं. ९ ट्राफिक चौकवाट एक जनाको मोबाईल खोसी फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मोबाईल खोसी फरार भएको प्रतिवादी जिल्ला मोरङ विराटनगर १४ भगवती चोक बस्ने बर्ष २६ को नौलखी भन्ने श्रीप्रसाद महतोलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले महतोकै घरबाट पक्राउ […]

लायन्स र लियोद्धारा कोशी अस्पतालको कुरुवाहरुलाई खाना

विराटनगर, असोज २१ गते । लायन्स र लियो क्लव अफ विराटनगरले संयुक्त रुपमा कोशी अस्पतालका कुरुवाहरुलाई १० दिन देखि निशुल्क खाना वितरण गर्दै आएको छ । कोशी अस्पतालमा भर्ना भएका विरामीहरुलाई अस्पतलकै तर्फवाट खाना खुवाउने गरेको तर विरामीसंग रहेको कुरुवाहरुलाई कोरोनाको कारण खानाको लागि अप्ठ्यारो परको डा. सम्भु साहले लायन्स क्लव अफ विराटनगर हेल्थ प्रोफेसनल […]

अन्तराष्ट्रिय विमानस्थल बनाउन तीन तहको सरकारवीच समझदारी

विराटनगर, असोज १९ गते । विराटनगर विमान स्थाललाई अन्तराष्ट्रि विमान स्थलको बनाउन तीन तहको सरकार बीच हस्ताक्षर भएको छ । प्रदेश नं. १ को राजधानी विराटनगरमा भव्य कार्यक्रमको आयोजना गरी संघिय सरकार अन्तर्गतको नागरिक उड्यान प्राधिकरण, प्रदेश नं. १ सरकार र विराटनगर महानगर पालिकाको बीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो । उक्त समझदारी पत्र हस्ताक्षर […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]