कानुन व्यवसायीद्वारा जितीया पर्वकाे अवसरमा शुभकामना आदानप्रदान

विराटनगर, असाेज ४ गते । मधेसी समुदायका महिलाहरूले मनाउने महान जितीया पर्वकाे शुभअवसरमा विराटनगरका कानुन व्यवसायीहरूले हर्साेउल्लासका साथ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका छन । उक्त कार्यक्रमका प्रमुख अतिथि उच्च अदालत विराटनगरका माननीय मुख्य न्यायाधीश रमेशराज प्रसाद भण्डारीले भने सबै जातजातिहरूले मनाउने पर्वहरू आ-आफ्नै किसिमको हुने भएकाेले मधेसी समुदायको महिलाहरूले मनाउने जितीया पर्वकाे उपलक्ष्यमा गरिएको […]

संविधान दिवसको अवसरमा सरसफाई, वृक्षारोपण एवम् सम्मान

विराटनगर, असोज ३ गते । संविधान दिवसको अवसरमा महिला तथा बालबालिकाहरुद्धारा सरसफाई, वृक्षारोपण र विरुवा लगाएर हुर्काएका एक व्यक्तिलाई सम्मान गरेका छन् । महिला एवम् बालकालिकाहरुकै पहिलमा विराटनगर महानगरपालिका वडा नं. ४ र ५ जामुन गाछी देखि पश्चिम पानी टंकी टोलमा वृक्षारोपण, सरसफाई र एक जनालाई सम्मान गरेको हो । सरसफाई तथा विरुवा लगाउने अभियानमा […]

प्रदेश सरकारले संविधानको मर्मलाई बुझेर काम गरिरहेको छ : मुख्यमन्त्री कार्की

विराटनगर, असाेज ३ गते । कोशी प्रदेश सरकारले संविधानको मर्मलाई बुझेर काम गरिरहेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनु भएको छ । मुलुकलाई सामाजिक न्यायसहित आर्थिक समृद्धितर्फ अघि बढाउने दायित्व रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले त्यसै अनुरुप प्रदेश सरकार अघि बढिरेहको बताउनु भएकाे हाे । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले […]

शिक्षकका लागि मधेसमा आम विद्यार्थी माेर्चाद्वरा शैक्षिक हड्ताल

गौर, असाेज २ गते । आम जनता पार्टी (आजपा) निकटको आम विधार्थी मोर्चाले विधार्थीको अनुपातमा शिक्षकको माग गर्दै सडक आन्दोलन गरिरहेको छ । मधेसमा विधार्थीको अनुपातमा शिक्षक नभएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । आज राष्ट्रिय शिक्षा दिवस सरकारले मनाउँदै गर्दा मधेसका विधार्थीहरु शिक्षकको माग गर्दै सडक आन्दोलनमा उत्रिएकाे छ । वीरगंज र गौरमा आम […]

धनकुटाका सात वटै पालिकामा एमालेले संगठन बनाउँदै

धनकुटा, भाद्र २९ गते । नेकपा एमालेले धनकुटाका सात वटै पालिकामा संगठन कमिटी निर्माण गर्ने भएको छ । पालिका कमिटीहरूको अवधि सकिएकाले अधिवेशनसम्म तत्कालका लागि सात वटै पालिकामा संगठन कमिटी निर्माण गर्न थालिएको हो । पाख्रीवास, महालक्ष्मी र छथरजोरपाटीमा संगठन कमिटी निर्माण भइसकेको छ । अब, चौबिसे, साँगुरीगढी, सहिदभूमि र धनकुटा नगरमा संगठन कमिटी निर्माण […]

संघिय सरकारका उपसभामुखलाई हटाउँने खेल अस्वीकार्य छ : प्रभु साह

काठमाण्डौ, भाद्र २९ गते । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले मनोमानी गर्नका लागि उपसभामुख इन्दिरा रानामगरलाई हटाउँने षडयन्त्रमा लागेको टिप्पणी गरेका छन् । आजपा निकटको आईटी आर्मीले काठमाडौंको गौशाला पशुपतिमा आयोजना गरेको काठमाडौं उपत्यका स्तरीय विशेष भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले […]

निर्वाहमुखी कृषिलाई निर्यातमुखी बनाउनु पर्ने : मुख्यमन्त्री कार्की

विराटनगर, भाद्र २७ गते । प्रदेश सरकारले निर्वाहमुखी कृषिलाई निर्यातमुखी बनाउनु पर्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ काेशी प्रदेशले कटहरी गाउँपालिपकाको कृषि थोक बजारमा आयोजना गरेको चार दिने कृषि एक्स्पोको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले साे कुरा वताएका हुन । सरकारको आवधिक योजनाको मुख्य उद्देश्य र नीति तथा […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]