एमाले कोशी प्रदेश अधिवेशनको तयारी पूरा, भोली अधिवेशन शुरु हुने

विराटनगर, असोज ११ गते । नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम प्रदेश अधिवेशनको सम्पूर्ण तयारी पूरा भए भएको छ भने भोली शनिवार अधिवेशन शुरु हुने भएको छ । एमाले पार्टी कार्यालय विराटनगरमा प्रदेश अधिवेशन प्रचार–प्रसार उपसमितिले पत्रकार गरी अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र भोली शनिवार अधिवेशन शुरु हुने जानकारी गराए । विराटनगरको मनास्लु होटलमा […]

उराउ तथा झागड समुदायले मनाउने करम–धर्म पर्वमा सार्वजनिक विदा

विराटनगर, असोज ११ गते । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले उराउ तथा झागड समुदायले असोज १२ गते मनाउने करम–धर्म पर्वको उपलक्ष्यमा सो समुदायलाई सार्वजनिक विदा दिने निर्णय गर्नुका साथै अन्य पाँचवटा निर्णहरु पारित गरेका छन् । झापाको अर्जुनधारा नगरपालिका र अमेरिकाको टेक्सास बीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारको पूर्व स्वीकृति लिन सिफारिस गर्ने, उच्चस्तरीय […]

धनपालथानमा स्वास्थ्य चौकी र बर्थिङ सेन्टरको वेहाल, औषधीको समेत अभाव

विराटनगर, असोज ११ गते । मोरंगको धनपानलथान गाउँपालिका वडा नं. ४ कर्सिया बजारमा रहको स्वास्थ्य चौकी कर्सिया र सोही भवनमा संचालनमा रहेको बर्थिङ सेन्टरको वेहाल अवस्था रहेका कारण स्वास्थ्य सेवा र प्रसुति सेवा लिनेहरुको सख्या न्यून रहको छ । स्वास्थ्य चौकी कर्सियामा समय अवधि सकिन लागेको औषधी राखेको, आम जनताले उपचार गर्न आउँदा औषधी नपाएको […]

कृषि ज्ञान केन्द्रको चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम सार्वजनिक

विराटनगर, असोज ९ गते । कृषि ज्ञान केन्द्र मोरंगले जिल्ला समन्वय समिति मोरंगको समन्वयमा स्थानीय तहका प्रमुख, प्रदेश सभा सदस्यहरु लगायतका सरोकारबालाहरुको उपस्थितिमा चालु आर्थिक वर्षको बार्षिक कार्यक्रम सार्वजनिक गरिएको छ । उक्त कार्यक्रमको समुद्घाटन कोशी प्रदेशका जेष्ठ सभा सदस्य एवम् पूर्व उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री माननीय गयानन्द मण्डल गनगाईले व्यानर पढ्र गरेका थिए […]

विराटनगर महानगरका मेयर कोइराला अमेरिका प्रस्थान

विराटनगर, असोज ९ गते । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएको छ । असोज १३ गतेदेखि अमेरिकाको टेक्सासमा हुने सेमिनारमा सहभागी हुनका लागि मेयर कोइराला मंगलबार अमेरिका प्रस्थान गर्नुभएको हो । नेपाल नगरपालिका संघको समन्वयमा संयुक्त राज्य अमेरिकास्थित स्थानीय सरकारको व्यावसायिक विकास र सबलीकरणको क्षेत्रमा कार्य गर्ने संस्था इन्टरनेशनल सिटी म्यानेजमेन्ट […]

दशै स्ट्रीट फेस्टिबल घटस्थापना देखि फूलपाती सम्म खानाको प्रदर्शनी

विराटनगर, असोज ७ गते । विभिन्न जातजातिहरुको खानाको प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम दशै कार्निभल २०८० फुड फेस्टिबल अर्थात दशै स्ट्रीट फेस्टिबल घटस्थापना देखि फूलपाती संचालन हुने भएको छ । विराटनगरको मुटु महेन्द्र चौक देखि ट्राफिक चौक सम्मको बाटोमा असोज २८ गते देखि कार्तिक ४ गते सम्म हुने दशै स्ट्रीट फेस्टिबलमा दर्जनौ जातजातिका खानाको प्रकार र […]

भारतको हैदरावादी बिरयानीको स्वाद विराटनगरमा

विराटनगर, असोज ७ गते । भारतको हैदरावादी बिरयानीको स्वाद विराटनगर महानगरपालिका वडा नं. ६ सरौचिया बुद्धचौकमा रहेकोे नाईस बिरयानीमा विराटनगरबासीले पाउने भएको छ । भारतको हैदरावादमा उत्पत्ति भएको बिरयानीको एक प्रकार हो । यो चामलबाट खाना पकाउने दम विधिको प्रयोग गरी तयार गरीन्छ । सोही विधीवाट बिरयानी बनाई विराटनगरबासी लगायत यहाँ आउने आम उपभोक्ताले वास्तविक […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]