कानेपोखरीमा सुकुमबासी समस्या समाधानको लागि ज्ञापनपत्र

विराटनगर, असोज २९ गते । मोरङको कानेपोखरीमा गाउँपालिकाभित्र रहेका सुकुमबासीहरूको समस्या समाधान गरिनुपर्ने माग राख्दै अखिल नेपाल सुकुमबासी संघले पालिकाकामा ज्ञापन पत्र बुझाएको छ । माओवादी निकट सकुमबासी संघले ६ बुँद्धे माग राख्दै कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमति इङ्नामलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा धेरै सुकुम्वासीहरू विभिन्नकारणले अनुसूचीका फाराम भर्न छुटेको पाइएकोले पुनः आवेदन […]

घरघरमा विधिपूर्वक पूजा–आजागरी घटस्थापना

विराटनगर, असोज २८ गते । नवरात्रको पहिलो दिन आईतवार घरघरमा विधिपूर्वक पूजा–आजागरी घटस्थापना राख्ने भएका छन् । घटस्थापनाको दिन विधिपूर्वक नवदूर्गा खडा गर्ने, त्यसैमा जमरा राख्ने र नित्य १० दिनसम्म पूजा गर्नको लागि छुट्टै किसिमको दशैंघरको रूपमा विकास गर्ने गरिन्छ । घटस्थापनामा नौ वटा शुद्ध पातबाट बनेको बोहोतामा शुद्ध माटो राखेर त्यसमा जौ, धान, मकै […]

कोशी प्रदेश सांसदहरुको हस्ताक्षर कर्ताको सनाखत प्रदेश प्रमुखको कार्यालयमा

विराटनगर, असोज २६ गते । कोशी प्रदेशको मुख्यमन्त्रीमा दुई जनाको दाबी प्रस्तुत भएपछि प्रदेश प्रमुखको कार्यालयले शनिबार सांसदहरुको सनाखत गराउने भएको छ । प्रदेश प्रमुखको कार्यालयले शुक्रबार साँझ विज्ञप्ति जारी गरेर भोलि बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म हस्ताक्षरकर्ताहरुको सनाखत गराउने जानकारी गराएको हो । प्रदेश प्रमुखको कार्यालयले दाबीकर्ताका समर्थनमा हस्ताक्षर गर्ने सबै सदस्यहरुलाई प्रदेशसभा […]

यात्रुहरूको सहजता र सुरक्षित यात्राको लागि सहायता कक्ष संचालनमा

विराटनगर, असोज २४ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरंगले, जिल्ला प्रहरी कार्यालय मोरङ, मातहतका प्रहरी कार्यालयहरू र यातायात व्यवस्था सम्बन्ध संस्थाहरू समेतको समन्वय र सहकार्यमा यात्रुहरुको लागि सहायता कक्ष संचालनमा ल्याएको छ । नेपालीहरूको महान चाड पर्व विजया दशमी, शुभ दिपावली र छठको समयमा यात्रा गर्ने यात्रुहरूको सहजता र सुरक्षित यात्राको लागि यात्रु सहायता […]

थाकस मोरंगको निर्वाचन गर्न नयाँ निर्वाचन मण्डल गठन गर्न माग

थाकस मोरंगको निर्वाचन गर्न नयाँ निर्वाचन मण्डल गठन गर्न माग विराटनगर, असोज २३ गते । थारु कल्याणकारी सभा मोरंगको निर्वाचन विधान सम्मत गर्न नयां निर्वाचन मण्डल गठन गर्नुपर्ने थाकस मोरंगको सभापतिका उम्मेदर प्रदीपकुमार विश्वासको समुहले माग गरेका छन् । नेपाल पत्रकार महासंघ मोरंगको सभाहलमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन अधिकृत पुनितलाल चौधरीले मोरंगका थारु समुदायलाई […]

समाजवादी मोर्चाकाे संदेश सभा माेरंगकाे पुरानाे सदरमुकाम रंगेलीमा

विराटनगर, असाेज २३ गते । चारवटा राजनीतिक पार्टी सम्मेलित समाजवादी माेर्चाले माेरंगकाे संदेश सभा असाेज २५ गते विहीवार माेरंगकाे पुरानाे सदर मुकाम रंगेलीमा गर्ने भएकाे छ । माेरंग माेर्चा संयाेजक एवंम जनता समाजवादी पार्टी माेरंगका जिल्ला अध्यक्ष राजकुमार यादव लगायग माेर्चाका नेताहरूले पत्रकार सम्मेलन गरि साे कुरा वताएकाे हाे । जनताको अथक संघर्ष र हजारौंको […]

जोगबनीका शर्मा पर्यावरण योद्धाको रूपमा गोवर्धन पीठद्वारा सम्मानित

विराटनगर, असाेज २२ गते । पटनाको युथ होस्टेल फ्रेजर रोडमा आइतबार आयोजित एकदिवसीय राष्ट्रिय गोष्ठी तथा पर्यावरण योद्धा अभिनन्दन समारोहमा भारत नेपाल सीमा जोगबनी निवासी राजेश शर्मालाई जगत्गुरु शंकराचार्य स्वामी अधोक्षजानन्ददेवतीर्थ जी महाराज गोवर्धन पीठको कमलबाट सम्मान गरिएको छ । कार्यक्रमको प्रमुख अतिथि विधायक तथा स्वतन्त्र पत्रकार छत्रपति यादवकाे प्रमुख आतिथमा भएकाे थियो । साे […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]