आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रमको पूर्णपाठ

विराटनगर, जेष्ठ ६ गते । सरकारले आगामी आर्थिक वर्ष २०८० र ८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति कार्यक्रम आज प्रस्तुत गर्नुभयो । नीति तथा कार्यक्रमको पूर्णपाठ यस प्रकार छ– प्रतिनिधि सभाका सम्माननीय सभामुख¸ राष्ट्रि य सभाका सम्माननीय अध्यक्ष¸ सङ्घीय संसद्का […]

कोशी प्रदेश सरकार मन्त्रिपरीषद्को बैठकवाट तिन बुद्धे निर्णय पारित

विराटनगर, जेठ ३ गते । कोशी प्रदेश सरकार मन्त्रिपरीषद्को बैठकले तिन बुद्धे निर्णय पारित गरेका छन् । तीनबुद्धे निर्णय नं. १ मा ओखलढुङ्गाको चम्पादेवीगाँउपालिकावडा नं ६ निवासी एसिड पीडित बालिका पवित्रा कार्कीलाई उपचार खर्च बापतरु १ लाख ७५ हजार उपलब्ध गराइएको छ । पीडित बालिकाको किर्तिपुर बर्त हस्पिटलमा उपचार भइरहेको छ । त्यसै गरी निर्णय […]

व्यवसायिक सिप तथा असल उद्यमी बन्नको लागि तालिम

विराटनगर, जेठ १ गते । टकिसिनवारी जेसीजले बुढी गंगा गाउँपालिकोको सहयोगमा यूवाहरुलाई व्यवसायीक सिप तथा असल उद्यमी बन्नको लागि ६ दिने तालिमको आयोजना गर्ने भएको छ । उक्त कुराको जानकारी पत्रकार सम्मेलन गरी टंकीसिनवारी जेसीजका अध्यक्ष नवराज साहले गराए । सो तालिम बैशाख ९ गते देखि १५ गते सम्म संचालन हुने तालिममा बुढीगंगा गाउँपालिकामा रहेका […]

शरणार्थी काण्डको निष्पक्ष छानविन गरी दोषीलाई कारवाही गर्न माग

विराटनगर, जेठ १ गते । नक्कली भूटानी शरणार्थी काण्डको निष्पक्ष छानविन गरी दोषीलाई कडा कारवाहीको माग गर्दै भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था विराटनगरले जिल्ला प्रशासन कार्यालय मोरंग अगाडी आधा घण्डा धर्ना दिई ज्ञापन पत्र बुझाएका छन् । प्रमुख जिल्ला अधिकार मार्फत प्रधानमन्त्री कार्यालय सिंहदरवार काठमाडौंलाई पठाएको ज्ञापनपात्रमा भनिएको छ प्रचण्ड गर्मीसँगै लामो खडेरीबाट देश आक्रान्त […]

खेलकुद, पर्यटन प्रवद्र्धनको लागि विराट बर्जु हाफ म्याराथन

विराटनगर, जेठ १ गते । पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशले खेलकुद, पर्यटन प्रवद्र्धनको लागि विराट बर्जु हाफ म्याराथन प्रतियोगित २०८० गर्ने भएको छ । मन्त्रालयमा पत्रकार सम्मेलन गरी प्रदेश सचिव डा. सन्जीव कुमार राईले आउँदो ६ गते शनिवार विराट–बर्जु हाफ म्याराथन मूल नराका साथ सो प्रतियोगिता गर्ने वताएको हो । मोरङको विराटनगर महानगर […]

न्याय, समानता र सम्मानको लाग दलित महिलाहरुको प्रदेश सम्मेलन सम्पन्न

विराटनगर, बैशाख २१ गते । दलित महिला संघ (फेडो) ले न्याय समानता र सम्मानको लागि दलित महिलाहरुको प्रदेश स्तरीय दुई दिने सम्मेलन विराटनगरमा सम्पन्न भएको छ । संघले पत्रकार सम्मेलनको आयोजना गरी १४ जिल्लाका १२५ महिलाहरुको सहभागीतामा दलित महिलाहरुले भोग्नु परेको समस्या, राजनीतिक वहिष्करण, समाजिक विभेद, लैगिक हिंसा, र शैक्षिक रुपमा अत्यन्त पछाडि पारीएका, अत्याचारको […]

हुलाकी राजमार्गको काम सुचारु गर्न जनप्रतिनिधीद्धारा एक हप्ताको अल्टीमेटम

विराटनगर, बैशाख २१ गते । हुलाकी राजमार्गमा पर्ने क्षेत्रका संघिय र प्रदेश सांसद, नगरपालिकाका प्रमुख र गाउँपालिका अध्यक्ष लगायत जनताका जनप्रतिनीधिहरुले हुलाकी राजमार्गको काम तत्काल सुचारु गर्न एक हप्ताको अल्टीमेटम दिदै सो अवधीमा काम सुचारु नगरे सडक अवरोध गरी जनताको साथ लिएर आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । हुलाकी सडक निर्माण कार्यमा ठेकेदार र पेटी […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]