औषधीको अवैध कालोबजारी गर्ने संचालक पक्राउ

विराटनगर, जेठ १६ गते । औषधीको अवैध कालोबजारी गरी अवैध रुपमा औषधीको लेवलीङ गर्ने, भण्डारण गर्ने एक जना संचालकलाई प्रहरीले पक्राउ गरको छ । जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १५ रानी स्थित जनता मेडिकल स्टोर संचालन गरी सोही स्थान बस्ने बर्ष ३५ को रवि कुमार रजकले निजको घर कोठामा अवैध रुपमा औषधीको कारोवार गरी […]

लागूऔषध सहित २ जना पक्राउ

झापा, जेष्ठ १२ गते । झापा गौरीगंज गाऊपालिका वडा नं २ लालमाटी स्थितमा प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले मंगलबार लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २५ बर्षीय लोकेन्द्र खड्का र सोही स्थानका २४ बर्षीय कमल दाहाल रहेका छन् । उनीहरुले तरकारी बोकेको झोला भित्र लागूऔषध ल्याबोरेट कोहीनफस्पेट (कोरेक्स) […]

मानवलाई आकस्मिक सेवा दिने एम्बुलेन्समा गाँजा तस्करी

बिराटनगर, जेठ ११ गते । मानवलाई आकस्मिक सेवा दिने एम्बुलेन्समा गाँजा तस्करी हुन थालेको छ । सुनसरी धरान उपमहानगरपालिका वडा नं. २ रत्नरोड स्थितबाट प्रहरीले एम्बुलेन्सबाट १०० के.जी. गाँजा सहित २ जनालाई पक्राउ गरेपछि एम्बुलेन्समा समेत गाँजा तस्करी हुने गरेको रहस्य खुलेको छ । सोमबार अस्थाई प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले धनकुटाको भेडेटारबाट धरानतर्फ […]

नक्कली खाता बनाई औषधीमा कालोबजारी

बिराटनगर, जेष्ठ ७ गते । मोरङको बिराटनगर महानगरपालिका वडा नं. ३ विराट अस्पताल नजिक पश्चिमवासी फार्मेसी संचालकले नक्कली खाता बनाई औषधीमा कालोबजारी गरेको आरोपमा पक्राउ परेको छ । पक्राउ पर्नेमा सिरहा धनगढीमाई नगरपालिका वडा नं. ७ फुलकाहाकट्टी घर भई हाल विराटनगर महानगरपालिका वडा नं. ३ विराट अस्पताल नजिक पश्चिमवासी फार्मेसी संचालन गर्ने २२ बर्षिय रविन्द्र […]

हत्यामा संलग्न भएको आरोपमा एकजना पक्राउ

बिराटनगर, जेष्ठ ७ गते । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं. ३ का ४० बर्षीय बिष्णु ऋषिदेवको हत्यामा संग्लग्न रहेको आरोपमा स्थानीय २३ बर्षीय पुजन राई पक्राउ परेको छ । घाँटीमा धारिलो हतियारले काटिएको अवस्थामा सुतेकै स्थानमा मृत रहेको भन्ने जानकारी पाए संगै जिल्ला प्रहरी कार्यालय मोरङ तथा ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले उक्त […]

हुण्डी कारोवारमा संलग्न ३ जना नगद सहित पक्राउ

बिराटनगर, जेष्ठ ६ गते । हुण्डी कारोबारमा संग्लग्न रहेको आरोपमा तिन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका वडा नं. ११ रोडषेस चोकबाट २१ लाख भन्दा बढी रकम सहित पक्राउ परेका बिराटनगर महानगरपालिका वडा नं. १३ का २५ बर्षीय श्रवण साह र रंगेली नगरपालिका वडा नं. १ की २५ बर्षीया जिज्ञासा […]

झै–भगडाका रिसिईवीको कारण देवरले गरे भाउजुको हत्या

बिराटनगर, जेष्ठ ५ गते । मोरङको पुरानो सदर मुकाम हाल रङगेली नगरपालिका वडा नं. ३ का १९ बर्षीय बिनोद यादवले भाउजुको हत्या गरेको आरोपमा पक्राउ परेको छ । रङगेली नगरपालिका वडा नं. ३ तिलुवा चौकको नहरमा मृत फेला परेकी २४ बर्षीया अनिता यादवको घाँटीमा काटिएको पाएसंगै अनुसन्धान थालेको प्रहरी टोलीले मृतक कै देवर बिनोदको संग्लग्नता […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]