उच्च अदालतको न्यायाधीशमा राजवंशी समुदायबाट पहिलाे व्यक्ति सिफारिस

विराटनगर, भदाै ३० गते । झापा जिल्लाको कचनकवल गाउँपालिका वाडा-३ स्थायी घर भएका राजवंशी समुदाय बाट पुर्णप्रसाद राजवंशीलाई न्याय परिषद्ले उच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएकाे छ । शुक्रबार बसेको परिषदको बैठकले राजवंशीसँगै २७ जनाको नाम सिफारिस गरेको थियोे । राजवंशी समुदायबाट उच्च अदालतको न्यायाधीशमा सिफारिस हुने राजवंशी पहिलो व्यक्ति भएको कचनकवलका स्थानीय नवीन ढुंगानाले बताए […]

किड्स हेभेनको बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप

विराटनगर, भाद्र २५ गते । किड्स हेभेन स्कुल मोनटेश्वरीका बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइएको छ । विराटनगर महानगरपालिा वडा नं. १० तिनटोलिया शान्ति चौकमा रहको किड्स हेभेन मोनटेश्वरी स्कलमै पुगेर त्यहाँका बालबालिकाहरुलाई स्वास्थ्य कर्मीहरुले दादुरा–रुबेला विरुद्धको खोप लगाएको हो । मोनटेश्वरीमा पढ्ने बालबालिकाका अभिभावकको निगरानीमा दादुरा–रुबेला विरुद्धको खोप लगाएको मोनटेश्वरीका प्रमुख श्वेता सिंहले जानकारी गराए […]

धार्मिक तथा सामजिक सद्भाव कायम गर्न कोशी प्रदेश सरकारको अपिल

विराटनगर, भदौं २५ गते । कोसी प्रदेश सरकारले सोमबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न प्रदेशवासीहरु समक्ष हार्दिक अपिल गरेको छ । कोशी प्रदेश सरकारका प्रवक्त तथा खानेपानी, सिंचाई तथा उर्जा एवं स्वास्थ्य मन्त्रि तिलकुमार मेन्याङ्बो (लिम्बु) द्वारा जारी उक्त विज्ञप्तिमा विगत केही समय यता कोशी प्रदेशको धरानलगायत केही स्थानमा […]

विराट जागृति कला केन्द्रद्वारा डाक्टर लिलि सम्मानित

संजय राजवंशी विराटनगर, भाद्र २५ गते । विराट जागृति कला केन्द्रद्धारा डाक्टर लिलि राजवंशीलाई सम्मानित गरिएको छ । उक्त सम्मान कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका उप मेयर शिल्पा निराला कार्की र विराट जागृति कला केन्द्रका अध्यक्ष काशी राजवंशीले प्रदान गरको हो । विगत लामो समयसम्म आँखाको विषेशज्ञ क्षेत्रमा २० हजार भन्दा बढि आँखाको सफल शाल्यक्रिया […]

सहमती सहकारीद्धारा जेष्ठ नागरिक सहित चार विद्यार्थी सम्मानित

विराटनगर, भाद्र २३ गते । सहमती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ११ औं साधारण सभाको अवसर पारेर एक जेष्ठ नागरिक सहित एसईइमा उच्चतम अंक ल्याउने चार जना उत्कृष्ठ विद्यार्थीहरुलाई सम्मानित गरेका छन् । विराटनगर महानगरपालिका वडा नं. ८ प्रगति विनायक टोलमा रहेको सहकारी संस्थाले ११ औै साधारण सभाका प्रमुख अतिथी कोशी प्रदेश सभा सदस्य […]

नेकपा (एमाले) मोरङको १० औँ अधिवेशन आगामी पुुसमा

विराटनगर, भाद्र २२ गते । नेकपा (एमाले) मोरङको १० औँ अधिवेशन आगामी पुुस २७ र २८ गते हुने भएको छ । शुक्रबार बसेको जिल्ला कमिटीको आठौँ पूर्ण बैठकले सो मितिमा अधिवेशन गर्ने निर्णय गरेको हो । यसअघि ९ औँ जिल्ला अधिवेशन २०७८ साल पुस २३ र २४ गते विराटनगरमा सम्पन्न भएको थियो । पार्टी केन्द्रको […]

बहुमत गुमाएर पदमुक्त भएको ७० दिनपछि कार्कीको ‘कमब्याक’

विराटनगर, भदौ २१ गते । ‘परमादेशी गठबन्धन’को आरोप लगाउँदै भाषण गरिरहने कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की पुनः अदालतको परमादेशबाटै मुख्यमन्त्री नियुक्त हुने भएका छन् । कार्कीको माग बमोजिम नै मुख्यमन्त्री उद्धब थापालाई बर्खास्त गर्दै सर्वोच्च अदालतले ४८ घण्टामा कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको छ । सर्वोच्च अदालतका न्यायधीश सपना प्रधान मल्ल, […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]