एयर दुर्घटनामा ज्यान गुमाएकाे आत्माकाे चिर शान्तिकाे लागि शाेकसभा

विराटनगर, जेठ १७ गते । तारा एयरकाे ९ एनएइटी ट्वीनअटर जहाज दुर्घटनामा परी ज्यान गुमाएकाे आत्माको चिर शान्तिकाे कामना गर्दै बृहत् मधेशी नागरिक समाज केन्द्रीय समितिले दिप प्रज्वलन शाेक सभा गरेका छन । समाजले विराटनगरकाे राेडशेष चाैकमा विद्यार्थी, कर्मचारी, शिक्षक, राजनीतिक दलका नेता, पत्रकार र स्थानीयकाे जनसहभागितामा दुर्घटनामा मृत्युु भएकाे २२ जनाकाे आत्माको शान्तिका लागि […]

काेराेना विमा भुक्तानी दिन उच्च अदालतकाे आदेश

विराटनगर, जेठ १६ गते । उच्च अदालत विराटनगरले कोरोना बीमाबापतको रकम भुक्तानी गर्न आदेश दिएको छ । उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायधीश सत्यमोहन जोशी थारु र न्यायधीश जगतनारायण प्रधानको संयुक्त इजालशले कोरोना बिमाको रकम भुक्तानी गर्न विमा कम्पनीको नाममा सोमबार परामादेश आदेश गरेको हो । नेपाल पत्रकार महासंघ मोरङ शाखाले २०७८ भदौ २१ गते उच्च […]

आर्थिक वर्ष २०७९÷०८० को लागि १७ खर्ब ९३ अर्ब ८३करोड रुपैयाँको बजेट सार्वजनिक

विराटनगर, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् । आगामी आर्थिक वर्षमा चालु खर्च तर्फ ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड […]

गणतन्त्र मजबुत हुँदै गएको मुख्यमन्त्री राईको धारणा

विराटनगर, ज्येष्ठ १५ गते । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल भएको बताउनुभएको छ । १५ औं गणतन्त्र दिवसका अवसरमा एक शुभकामना सन्देश दिदै मुख्यमन्त्री राईले गणतन्त्रले राजनीतिक तहमा अर्थपूर्ण परिवर्तन ल्याएको धारणा व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ–‘लामो र ऐतिहासिक संघर्षको बलमा हाँसिल गरिएको […]

घर गृहस्थी, किराना पसल हुँदै कटहरी गाउँपालिकाको उपाध्यक्ष सम्मको यात्रा

विराटनगर, जेष्ठ ११ गते । घर गृहस्थी, चुल्हाचौका, साना किराना पसलको व्यवसाय गर्दै आएकी दुई सन्तानकी आमा सीता देवी राजवंशी कटहरी गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएपछि उनी महिला माथि हुने विभेद र हिन्साको अन्त गर्ने वताएकी छिन् । २०३१ सालमा मोरंगको तत्कालिन ववियाविर्ता गाउँ विकास समितिको वविया टोलमा जन्मिएकी सिता देवी राजवंशीको १४ वर्षकै उमेरमा […]

मोरंगका १७ वटै पालिकाका नव निर्वाचित प्रमुख र अध्यक्षहरुको सपथग्रहण

हिरालाल साह बिराटनगर, जेष्ठ ९ गते । बिराटनगर महानगरपालिका सहित १७ वटै स्थानीय तहका निर्वाचनमा निर्वाचित मेयर, अध्यक्ष, सदस्य लगायतका पदाधिकारीले सपथ लिएका छन् । बिराटनगर महानगरपालिकाको सभाहलमा एक कार्यक्रम को आयोजना गरि सपथ ग्रहण गरेको हो । उक्त कार्यक्रममा मोरङ जिल्ला मुख्य निर्वाचन अधिकृत भरत लम्सालले १७ वटै स्थानीय तहका प्रमुख र अध्यक्षहरूलाई सपथ […]

भरतपुरमा रेनु ७ हजार र चित्रसेन १५ हजारभन्दा बढी मतले अगाडि

विराटनगर, जेष्ठ ८ गते । चितवनको भरतपुर महानगरपालिकामा ८९ हजार ७७५ मत गणना हुँदा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले ७ हजार भन्दा बढी मतको अग्रता लिएकी छन् । आज बिहानको मत परिणाम अनुसार रेनुले ३५ हजार २३० र एमाले उम्मेदवार विजय सुवेदीले २७ हजार ७६५ मत पाएका छन् । उनीहरुबीचको मत अन्तर ७ हजार […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]