प्रथम वडाअध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

विष्णु राजवंशी जहदा, माघ १ गते । प्रदेश नं. १ मोरंग जिल्लाको जहदा गाउँपालिका वडा नं. ३ मा प्रथम वडाअध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको समउदघाट्न प्रमुख अतिथी जहदा गाउँपालिका वडा नं ३ का वडा अध्यक्षमा अनिल कुमार ठाकुरले ब्याटिङ गरी खेल शुभारम्भ गरेका थिए । गाउपालिका क्षेत्रमा खेलकूद विकास र विस्तारलाई […]

संविधानले नदिएको अधिकार प्रयोग गरी प्रतिनिधी सभा विघटन ः यादव

विराटनगर, पौष २५ गते । दुई तिहाई वहुमत प्राप्त सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले नदिएको अधिकार प्रयोग गरी प्रतिनिधी सभा विघटन गरेको जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले वताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीपरिषदको सिफारीषको आधारमा राष्ट्रपतिद्धारा गरीएको प्रतिनिधी सभाको असबैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमलाई खारेज गर्न विराटनगरमा आयोजनाको जनप्रदर्शन तथा […]

लागु औषध सहित तीन पक्राउ जना मानिस नियन्त्रण

विराटनगर, पौष २० गते । लागुऔषध सहित तीनजनालाई प्रहरीले विभिन्न स्थानवाट पक्राउ गरेको छ । घटनाको विवरण अनुसार जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १६ हुलास चोक स्थित लागु औषध ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पैदल यात्री जिल्ला मोरङ सुन्दर हरैचा नगरपालिका वडा नं. ११ बस्ने बर्ष ३२ को कुशल चौधरीलाइ चेकजाँच गर्ने क्रममा लागुऔषध […]

असबैधानिक कदम खारेज गर्न जसपाद्धारा आन्दोलनको घोषणा

विराटनगर, पौष १८ गते । । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीपरिषदको सिफारीषको आधारमा राष्ट्रपतिद्धारा गरीएको प्रतिनिधी सभाको असबैधानिक विघटन कदमलाई खारेज गर्न जनता समाजवादी पाार्टी नेपालले प्रदेश नं. १ को प्रमुख शहरहरुमा सडक आन्दोलनको घोषणा गरेको छ । देशव्यापी आन्दोलन गर्ने जनता समाजवादी पार्टी नेपालको केन्द्रिय कार्यक्रम अनुसार प्रदेश नं. १ को प्रमुख तीन ठूला […]

जुवा खेलिरहेको अवस्थामा १३ जना जुवाडे पक्राउ

उदयपुर, पौष १० गते ।उदयपुर उदयपुरगढि वडा नं. ६ स्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा १३ जना जुवाडेहरुलाई प्रहरीले पक्राउ परेका छन । पक्राउ पर्नेमा उदयपुरगढि वडा नं. ५ का ३१ बर्षीय सुशिल कुमार गुरागाई, ३२ बर्षीय मनोज थापा, उदयपुरगढि वडा नं. ६ का २८ बर्षीय सुरज कुमार मगर, ३० बर्षीय जिवन गिरी, ३० बर्षीय […]

नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित ९ जना पक्राउ

बिराटनगर, पौष ७ गते । उदयपुर र मोरङका बिभिन्न स्थानबाट नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित ९ जना पक्राउ परेका छन् । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ११ मा ब्राउसुगरको कारोवार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ बर्षीय जोनसेना भनिने सुमन बस्नेतलाई ०.२० ग्राम लागुऔषध ब्राउनसुगर र नगद ९ […]

मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी निरौला घोषित

बिराटनगर, पौष ५ गते । प्रहरी चौकी कुदाककाउले भोजपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक सुरेश कुमार निरौला मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएको छ । विभागिय मुल्य मान्यता, आदेश, निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पु¥याइए वापत […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]