विना फाउन्डेसनले गर्ने कोशी विचार उत्सवको तयारी पुरा

विराटनगर, फाल्गुन १४ गते । विना फाउन्डेसनले फाल्गुन १५, १६ र १७ गरी तीन दिन सम्म गर्ने कोशी विचार उत्सवको तयारी पुरा भएकाेछ । फाउन्डेसनको संस्थापक बरूण झाले नेपाल पत्रकार महासंघकाे सभाहलमा पत्रकार सम्मेलन गरी कोशी प्रदेशको ऐतिहासिक महत्त्व र समकालीन आवश्यकता सम्बोधन गर्दै, कोशी विचार उत्सवको तयारी पुरा भएको जानकारी गराए । संस्थापक झाले […]

विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजक र सुरक्षा पदाधिकारीहरु बीच छलफल

विराटनगर, फाल्गुन १३ गते । विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजक समिति र सुरक्षा निकायका पदाधिकारीहरू बीच छलफल भएको छ । विराट गोल्ड कप प्रतियोगिता २०८१ का संयोजक नविन रिजालले सुरक्षा निकायका पदाधिकारीहरूलाई प्रतियोगिताका विषयमा जानकारी गराएका थिए । उनले ७ हजार ५ सय दर्शक अटाउने क्षमता रहेको विराटनगरको सहिद रंगशाला र यसको वस्तुस्थितिका विषयमा समेत […]

रात्रिकालिन विराट गोल्ड कप फुटबल प्रतियोगिताको तयारी तिब्र

विराटनगर, फाल्गुन १३ गते । विराटनगरको ऐतिहासिक विराट गोल्ड कप फुटबल प्रतियोगिता २०८१ को तैयारी तिब्र रुपमा भईरहेको छ । फागुन १९ गते देखि २८ गतेसम्म बेलुकी ४ बजेदेखि रात्री ९ बजेसम्म रात्रिकालिन तालिकामा शहिद रंगशालामा आयोजना हुन लागेको उक्त प्रतियोगितालाई अझ व्यापक, आकर्षक एवं लोकप्रिय बनाउन आयोजक समिति अहोरात्र खटिरहेको प्रतियोगिताको संयोजक नवीन रिजालले […]

जीवन विकासको केन्द्र प्रमुखहरुको गोष्ठी तथा वित्तीय साक्षरता

विराटनगर, फाल्गुन १३ गते । जीवन विकास लघुवित्त वित्तीय संस्थाले १९ शाखा कार्यालयहरुमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । जीवन विकासले हरेक शाखामा २–२ वर्षमा केन्द्र प्रमुख गोष्ठी तथा सदस्यलाई वित्तीय सचेतनाका लागि वित्तीय साक्षरता गोष्ठी सञ्चालन गर्दै आएको छ । फागुन ८ गते देखि ११ गतेसम्म १६० शाखा मध्ये […]

चित्रकलामा प्रथम र कबड्डीमा दोस्रो स्थान ल्याउने छात्राहरू सम्मानित

चन्दन रौनियार/दुहबी, फाल्गुन १३ गते । सुनसरीको दुहबी वडा न.४ मा रहेको महेन्द्र मेमोरियल ऐकडेमी स्कुलले एक कार्यक्रम गरि प्रदेश स्तरीय चित्रकला प्रतियोगितामा प्रथम र सुनसरी प्याब्सनले आयोजना गरिएको माध्यमिक प्लसटु जिल्ला स्तरीय कबड्डी प्रतियोगितामा दोस्रो स्थान ल्याउने छात्राहरुलाई स्कुलले खादा माला लगाएर सम्मानित गरेकाछन । कसमस एजुकेशनल ट्रेनिङ एण्ड रिसर्च सेन्टर नेपाल द्वारा कोशी […]

प्रथम कोशी खेलकुद महोत्सव : पुरुष सडक दौडमा तेह्रथुमका लिम्बू र महिलामा खोटाङ्गकी बस्नेत प्रथम

प्रथम कोशी खेलकुद महोत्सव : पुरुष सडक दौडमा तेह्रथुमका लिम्बू र महिलामा खोटाङ्गकी बस्नेत प्रथम विराटनगरफाल्गुन १३ गते । विराटनगरमा जारी प्रथम कोशी प्रदेश खेलकुद महोत्सव- २०८१ प्रदेशस्तरीय एथलेटिक्स प्रतियोगिता अन्तर्गतको पुरुष ५ किलोमिटर सडक दौड प्रतियोगितामा तेह्रथुमका सरोज लिम्बू प्रथम हुनुभएको छ। लिम्बूले ५ किलोमिटरको रोड रेस १५ मिनेट ४४ सेकन्डमा पूरा गर्दै प्रथम […]

अस्पतालको लापरबाहीका कारण १८ वर्षीय लालु यादवको मृत्यु

अमित ठाकुर/राैतहट, फाल्गुन १२ गते । रौतहटको गौर नगरपालिका-१ स्थित गौर सेन्ट्रल अस्पतालको लापरबाहीका कारण १८ वर्षीय लालु यादवको मृत्यु भएको छ । मृतकका परिवारले निष्पक्ष छानबिनको माग गरेका छन्। गौर-३ का धर्मेन्द्र यादवका छोरा लालु यादवको आन्द्राको शल्यक्रिया (अपरेसन) गर्ने क्रममा मृत्यु भएको छ। मृतकका काका देवेन्द्र अधिकारीले पत्रकार सम्मेलन गर्दै अस्पताल प्रशासनको चरम […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]