स्थापना दिवसको अवसरमा सप्ताह व्यापी कार्यक्रम घाेषणा

विराटनगर, अषाढ २ गते । नेपाल औषधि व्यवसायी संघ माेरङले ५३ स्थापना दिवसकाे अवसरमा सप्ताह व्यापी कार्यक्रम घाेषणा गरेका छन । नेपाल पत्रकार महासंघ माेरङकाे सभाहलमा पत्रकार सम्मेलन गरी नेपाल औषधि व्यवसायी संघ माेरङका अध्यक्ष देशबन्धु ढकालले औषधि व्यवसायीको प्रवर्धन, अनुशासन र सामाजिक उत्तरदायित्व वहन गर्दै सप्ताह व्यापी कार्यक्रम घाेषणा गरेकाे वताए । हरेक वर्ष […]

रासविसकाे विवाद मिलाउन नसकदा संजय राजवंशीहद्वरा राजिनामा

रासविसकाे विवाद मिलाउन नसकदा संजय राजवंशीहद्वरा राजिनामा विराटनगर, जेठ २२ गते । राजवंशी समाज बिकास समिति (रासबिस) भित्र देखिएको आन्तरिक विवादका कारण रासविस कार्य समिति सदस्य संजय राजवंशीले राजीनामा दिएकाे छ । समाजिक संवाल मार्फत विभाजनप्रति असन्तुष्टि जनाउँदै मोरङ जिल्ला सदस्य एवम् राजबंशीले आफू संस्थामा रहेका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकाे छ । समाजमा […]

समाचार लेखन तथा आचार संहिता सम्बन्धि तालिम सुरू

विराटनगर, जेठ २२ गते । समाचार लेखन तथा पत्रकार आचार संहिता सम्बन्धी तीन दिने तालिम सुरू भएकाे छ । तालिम उद्घाटन सत्रका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले फूलकाे गमलामा पानी हालेर उद्घाटन गर्दै भने पत्रकारिता सत्य–तथ्यमा आधारित रिपोर्टिङ गर्नुपर्नेमा जोड दिँदै गलत सूचना फैलिन नदिन सबै पत्रकार जिम्मेवार बन्नुपर्ने सुझाव दिए। त्यसैगरी, नेपाल पत्रकार […]

परियारले जिते ‘द पोएट आइडलको उपाधि

सुजाता राई / बेलबारी, जेठ १९ गते । बेलबारी साहित्य विकास समितिले आयोजना गरेको ‘द पोएट आइडल-२०८३’ को उपाधि प्रसान परियारले जितेकाे छ । बेलबारी-३ मा रहेका भगवती माध्यमिक विद्यालयमा अध्ययनरत छात्र परियारले १० जना प्रतियोगीलाई उछिन्दै उपाधि हाता पारेकाे हाे । बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न प्रतियोगितामा भगवती मा.वि.कै छात्रा मनु राई द्वितीय, बेलबारी-४ […]

पत्रकारिता क्षेत्रमा देखिएका समस्या र पत्रकार आचारसंहिताबारे अन्तरक्रिया सुरु

विराटनगर, जेठ १८ गते । पत्रकारितामा आवद्ध महिला, अपांगता भएका व्यक्ति, आदिवासी जनजाति तथा पिछडा वर्गसँग कोशी प्रदेशको पत्रकारिता क्षेत्रमा देखिएका समस्या र पत्रकार आचारसंहिता विषयक दुईदिने अन्तरक्रिया कार्यक्रम विराटनगरमा सुरु भएको छ । उद्घाटनका क्रममा  आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले सरकारले गरेको सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णय अलोकतान्त्रिक तथा विभेदकारी […]

एलिट क्लबका नव निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण

विराटनगर, जेठ १८ गते । एलिट क्लब विराटनगरको नव निर्वाचित कार्यसमितिको पदस्थापना तथा प्रमाणपत्र वितरण समारोह क्लबको सभा हलमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि विराटनगरमहानगर पालिकाका प्रमुख नागेश कोइरालाले सम्बोधन गर्दै भने एलिट क्लबले समाजमा बौद्धिक बहस र सकारात्मक चेतना प्रवद्र्धनमा खेलेको भूमिकाको प्रशंसा गर्दै महानगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे […]

प्राज्ञिक तथा सांस्कृतिक प्रवर्द्धनकाे लागि किताब मेला

विराटनगर, जेठ १६ गते । विराटनगरको ऐतिहासिक, प्राज्ञिक तथा सांस्कृतिक गरिमालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ भाेली जेठ १७ गते किताब मेला २०८३ लाग्ने भएकाे छ । हिमालयन रोड किताब मेलाको मुख्य उद्देश्य पठन संस्कृतिलाई प्रर्वधन गर्नु, पुस्तक पसल हरु लाई समवेश गर्ने, पाठक र लेखकहरूलाई सिधै जोड्ने र बौद्धिक विमर्शको वातावरण सृजना गर्ने रहेका ग्रीनसीटी […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]