लागू औषध सहित ४ जना पक्राउ

विराटनगर, चैत १ गते । लागू आ‌ैषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेका छन । मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका ३ बस्ने अन्दाजी ३० बर्षिया सुनिता राईको घरमा लागू औषध बिक्री बितरण भई रहेको भन्ने बिशेष सूचनाको आधारमा लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ सहित सुनिता राईलाई बुधवार पक्राउ गरिएको थियो । त्यसैगरी ईलाका […]

एक महिलालाई हत्या गरेको आरोपमा एक पक्राउ

संखुवासभा, फागुन २७ गते । संखुवासभाको खाँदवारी नगरपालिका–११ घर भई खाँदवारी नगरपालिका–७ मा बस्दै आएका ३१ बर्षीय मंशिरे शेर्पालाई बिना कुमारी राईलाई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सिलिचोङ गाउँपालिका–२ घर भई लिभिङ टुगेदरमा शेर्पा संगै बस्दै आएकी २६ बर्षीय बिना कुमारी राई र शेर्पा बिच फागुन १८ गते घरायशी बिषयमा बाद बिबाद […]

एम्बुलेन्समा लागुऔषध गाँजा ओसार पसार गर्ने पक्राउ

विराटनगर, फागुन १३ गते । एम्बुलेन्सको प्रयोग गरी लागुऔषध गाँजा ओसार पसार गर्ने एक जनालाई धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट प्रहरीले शनिवार पक्राउ गरेको थियो । पक्राउ पर्नेमा बिराटनगर महानगरपलिका–८ का ४८ बर्षीय जयदेव चेल रहेका छन् । एम्बुलेन्समा गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भेडेटारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धनकुटाबाट […]

भुमिगत संगठनका नाममा जबरजस्ती चन्दा माग गर्ने दुई पक्राउ 

विराटनगर, माघ १ गते । शैक्षिक संस्थाहरुलाई धाकधम्की दिई भुमिगत संगठनका नाममा जबरजस्ती चन्दा माग गर्ने समुहका २ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी सार्वजानिक गरेको छ । बिगत केही समय देखी मोरङ तथा अन्य जिल्लाहरुमा समेत रहेका शैक्षिक संस्थाहरुमा भुमिगत संगठनका नाममा महासचिव महाविरको दस्तखत भएको नेपाल कम्युनिष्ट पार्टी(माओवादी) लेखीएको लेटर प्याड प्रयोग […]

चाँदीको गहना सहित भारतीय नागरिक पक्राउ

दिलीप अग्रवाल रंगेली, माघ २५ गते । मोरङको रंगेली नगरपालिका वडा नंम्बर ७ कलीमन्दिर चोक स्थित मुख्य बजारबाट चाँदीको गहना सहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेकाे छ । आमबारी जाने बस को. १ ख ३२११ नवम्बर को यात्रु बसमा रंगेली नगरपालिका ५ धनापट्टी बोर्डरवाट एक जना भारत जिल्ला अररिया आम गाछि पञ्चायत वडा नं १३ […]

लागुओैषध गाँजा र हरिणको सिङ सहित महिला पक्राउ

दिलीप अग्रवाल रंगेली, माघ २४ गत । लागुऔषध गाँजाव र हरिणको सिङ सहित एक जना महिलालाई प्रहरीले पक्राउ गरको छ । पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका वडा नं. ७ निचामारी टोल बस्ने वर्ष ५५ की सागर देवी रहेकी छिन् । विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षकको टोलीले सागर देवीको घरवाट गोप्य नियन्त्रण […]

मोटरसाईकल चोरीको आरोपमा भारतीय नागरिक पक्राउ

विराटनगर, माघ १८ गते । विगत केही समय देखि विराटनगरमा मोटरसाईकल चोरीको घटना बढेसंगै प्रहरीको विशेष अनुसन्धान र सीसीटीभी फुटेजको आधारमा एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, विहार जिल्ला अररिया, फारवेशगंज थाना, रंघा मझुवा ग्राम पंचायत, वडा नं. ११ बस्ने वर्ष ३५ को सिकन्दर मण्डललाई बुधवार पक्राउ गरेको हो […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]