सामाजिक सांस्कृतिक अभियान कर्मीहरुलाई गर्व महसूश

विराटनगर, पौष ८ गते । प्रतिनिधीसभा र प्रदेशसभाको सदस्यहरुले आ–आफ्नो मातृभाषामा सपथ ग्रहण गर्न पाउने भएपछि सामाजिक सांस्कृतिक अभियान कर्मीहरु गर्भ महसुश गरेका छन् । नेपाल सरकारको संघीय संसद सचिवालयले २०७९ पौष ४ गते र प्रदेश सरकारको प्रदेशसभा सचिवालय २०७९ पौष ५ गते प्रकाशित गरेको शपथ ग्रहण कार्यक्रमको सूचना अनुसार नेपालमा बोलिने मातृभाषाहरूमा जनताबाट निर्वाचित […]

भ्रष्टाचार नगर्ने अठोटका साथ भागवत गिता छोएर सांसद शर्माले खाए सपथ

विराटनगर, पुस ७ गते । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले आज संसद भवनमा सपथ ग्रहणका क्रममा भागवत गिता छोएर भ्रष्टाचार नगर्ने अठोट गरेका छन् । सांसदहरुको सपथ ग्रहणका क्रममा डा.शर्माले पद तथा गोपनीयताको सपथसँगै भ्रष्टाचार नगर्ने अठोट पनि गरेका हुन् । चुनावी अभियानका क्रममा उनले भ्रष्टाचार गर्नु भनेको आमाको रगत […]

अहिलेकै सरकारको निरन्तरता, राष्ट्रिय परिदृश्य देख्दैछु ः मुख्यमन्त्री राई

विराटनगर, पुस ७ गते । प्रदेश नंं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कुनै चमात्कारिक अवस्था बाहेक यही सरकारको निरन्तरता हुने राष्ट्रिय परिदृश्य बन्दै गएको उल्लेख गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित चालु आर्थिक वर्ष २०७९÷०८० को प्रथम चौमासिक प्रगति समीक्षालाई सम्बोधन गर्दै उहाँले निर्वाचनपछि सरकार परिवर्तन हुनु स्वभाविक भएको उल्लेख गर्नुभयो । ‘सरकार […]

चिया पसल संचालन गर्दै आएकी एक महिलाद्धारा लाखौ रकम ठगी गरी वेपत्ता

विराटनगर, पौष ६ गते । ईलाका प्रहरी कार्यालय रानी अगाडी चिया पसल संचालन गर्दै आएकी एक महिलाले सोही ठाउँको स्थानीहरुको लाखौ रकम ठगी गरी वेपत्ता भएकी छन् । विराटनगर महानगरपालिका वडा नं. १२ स्थायी घरभई अस्थायी रुपमा विराटनगर–१५ बस्दै आएकी र २०÷२५ वर्ष देखि इलाका प्रहरी कार्यालय रानी अगाडी चिया पसल संचालन गर्दै आएकी ५६ […]

औषधी, सुट कपडा, लगायतका अवैध सामान बरामद

विराटनगर, पुस ४ गते । बिराटनगर महानगर पालिका-१६ स्थितबाट अवैधरुपमा भन्सार छलि गरेको आ‌ैषधी, सुट कपडा, साडी लगायत बिभिन्न प्रकारका सामग्रीहरु प्रहरीले बरामद गरेको छ । आईतवार राती इलाका प्रहरी कार्यालय रानी (सिमा) बाट खटिएको प्रहरी गस्ति टोलीले भारतबाट नेपाल तर्फ भन्सार छलि गरी लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा आँखाको लेन्स, आँखामा लगाउने औषधी, सुट […]

नि:शुल्क आँखा शिविरमा २४१ जनाको आँखा परीक्षण

विराटनगर, पुस ४ गते । विराटनगर वडा नं. ८ का २४१ जनाको नि:शुल्क आँखा परीक्षण गरिएको छ । विराटनगर महानगरपालिका वाड नं. ८ र रामलाल गोल्छा आँखा अस्पतालले संयुक्तरुपमा आईतवार आयोजना गरेको नि : शुल्क आँखा शिविरमा २४१ जनाको आँखा परीक्षणगरिएकाे हाे । वडाध्यक्ष राम पोखरेलका अनुसार ७२ जनामा मोतियाविन्दु देखिएको छ । मोतिया विन्दु […]

एक दिने नि:शुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन

बिराटनगर, पौष ३ गते । नेपाल प्रहरी श्रीमती संघ तथा १ नम्बर प्रदेश प्रहरी कार्यालयको आयोजना तथा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रा.लि. बिराटनगरको सहकार्यमा एक दिने बृहत नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको हाता भित्र संचालित शिविरको नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्री कुसुम लता सिंहले पानसमा […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]