डीएपी मल वितरणमा अनियमितता र पत्रकारमाथि दुर्व्यवहार

रंगेली, श्रावण २१ गते । रंगेली नगरपालिका वडा नं ५ अन्तर्गत जेनपुर सहकारी संस्थाले डीएपी मल वितरण मल अनियमितता गर्दै पत्रकार माथि दुर्व्यवहार गरेका छन । मल आएकाे सूचना पाएपछि स्थानीय किसानहरू राति ३ बजे राति नै अविरल वर्षाका बाबजुद लाइनमा बसेका थिए। करिब ७–८ घण्टा लामो प्रतीक्षापछि बिहान ७ बजे वर्षा भइरहेको बेलामा किसानहरूले […]

मोरङ चेम्बर अफ कमर्सकाे अध्यक्षमा रिजाल निर्विरोध निर्वाचित

भोजराज घिमिरे/ विराटनगर, श्रावण २० गते । मोरङ चेम्बर अफ कमर्सको साेमबार भएकाे तेस्रो अधिवेशन तथा छैठौं साधारण सभाबाट शिवप्रसाद रिजाल सर्वसम्मत अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी उपाध्यक्षमा घनश्याम कवरा र तुलसी प्रसाद पोखरेल, महासचिवमा कृष्ण प्रसाद दाहाल, सचिवमा हरिबहादुर श्रेष्ठ, कोषाध्यक्षमा मनोज कुमार मिश्र र सह-कोषाध्यक्षमा देवेन्द्र बहादुर बस्नेत निर्वाचित भएका […]

कोशी प्रदेशमा अपेक्षित रुपमा उद्योग फस्टाउन नसकेको प्रति चिन्ता

विराटनगर, श्रावण १९ गते कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले कोशी प्रदेशमा अपेक्षित रुपमा उद्योग फस्टाउन नसकेको प्रति चिन्ता व्यक्त गरेका छन् । सोमबार मोरङ चेम्वर अफ कमर्सको छैठौं बार्षिक साधारणसभा तथा तेश्रो अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले सो कुरा बताउनु भएको हो । उहाँले कोशी प्रदेशमा अपेक्षित रुपमा […]

नमुना संयुक्त राष्ट्रसंघको अभ्यास’ एभरेष्ट कलेजमा हुने

विराटनगर, श्रावण १८ गते । विराटनगर-५ स्थित एभरेष्ट सेकेण्डरी स्कुल तथा कलेजमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा ‘प्रथम एभरेष्ट नमुना संयुक्त राष्ट्रसंघको अभ्यास’ कार्यक्रम हुने भएकाे छ । कलेजकाे सभाहलमा पत्रकार सम्मेलन गरी साउन २१, २२, र २३ गते साे सभा हुने एभरेष्ट नमुना संयुक्त राष्ट्रसंघीय सभा आयोजक कमिटी संयोजक इशल भट्टराईले जानकारी गराए । विद्यार्थीहरुको सर्वाङ्गिण […]

काेशी प्रदेशको ३७.३ प्रतिशत कृषियोग्य जमिनमा सिंचाई सुविधा

विराटनगर, श्रावण १८ गते । काेशी प्रदेशकाे खानेपानी, सिंचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले प्रदेशको ३७.३ प्रतिशत कृषियोग्य जमिनमा बर्षे भरि सिंचाई सुविधा पुगेको वताएका छन । मन्त्रालयको वार्षिक प्रगति सार्वजनिक गर्न कोशी प्रदेश सरकारको खानेपानी, सिचाइ तथा उर्जा मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री कार्कीले सो कुरा वताएकाे हो । आर्थिक वर्ष ०८०/०८१ […]

तेस्रो विराटनगर–८ वडा अधिवेशनबाट अध्यक्षमा राजवंशी निर्वाचित

विराटनगर, श्रावण १७ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वडा कमिटी विराटनगर–८ को तेस्रो वडा अधिवेशनबाट भूवन राजवंशीको अध्यक्षतामा २१ सदस्य वडा कमिटी सर्वसम्मतिले निर्वाचित भएका छन् । सर्वसम्मतिले निर्वाचित भएको कमिटीको उपाध्यक्ष महम्म समिर, सचिवमा शिव वहादुर मगर, उप–सचिव इश्वर कार्की, उप–सचिव रिन्कु कुमारी राय, रहेका छन् । सदस्यहरुमा कृतना दहाल, उर्मिला विश्वकर्मा, गोमा […]

दोस्रो अन्तर्राष्ट्रिय पथरीशनिश्चरे गोल्डकप कार्तिकमा

भोजराज घिमिरे / पथरी, श्रावण १६ गते । पथरीशनिश्चरेमा दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी गोल्डकप फुटबल प्रतियोगिता आउदाे कात्तिक १५ गतेदेखि २२ गतेसम्म हुने भएकाे छ । पथरी-११ फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिता सम्बन्धमा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत औपचारिक घोषणा गरिएको हो। क्लबका अध्यक्ष सुमन विकका अनुसार प्रतियोगिताको प्रथम पुरस्कार नगद ५ लाख, दोस्रो पुरस्कार २ […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]